शनिबार, बैशाख १५, २०८१

६० हजार मेट्रिक टन धान उत्पादन घट्न

बर्दिया, ५ असोज । अन्नको भण्डारका रुपमा चिनिएको मध्यपश्चिमा जिल्लाको बर्दिया जिल्लामा यस पटक धानको उत्पादनमा अत्यन्तै कमी आउने भएको छ ।
साउनमा बर्दिया जिल्लामा आएको बाढीका कारण धान खेती भईरहेको धेरै खेतहरु कटान गरेपछि गतबर्षको तुलनामा यस बर्ष धानको उत्पादनमा अत्यधिक कमी आउने जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया जिल्लाको ५२ हजार हेक्टर क्षेत्रफलमा सावित्री, राधा चार, मकवानपुरे, हर्दिनाथ एक, राम धन लगायत हाइव्रिड धान उत्पादन हुने गरेको छ । यो बर्ष बर्दियमा आएको बाढीका कारण खेती योग्य भूमि कटान गरेको कटान नगरेका ठाउँहरुमा पानी पसेर डुवान र पटानी भएकाले गतबर्षको भन्दा ६० हजार मेट्रिकटन धान उत्पादनमा कमी आउन सक्ने बर्दिया जिल्ला कृषि विकास कार्यालयमा प्रमुख हिक्मत बहादुर श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१