बुधबार, बैशाख २६, २०८१

आलु महंगो हुँदा किसान मारमा

नवलपरासी, ५ असोज । नवलपरासीमा लाग्ने हाट बजारमा आलुकोमूल्य अहिलेसम्म कै उच्च भएको छ । यो मूल्य दिनानुदिन बढ्दै गएपछि उपभोक्ताहरु मारमा परेका छन् । गतबर्ष शीतलहर तथा डढेलो रोगका कारण आलु उत्पादनमा कमी आएका कारण आलुको मूल्य यसरी नै महंगो भएको थियो ।
अत्यधिक शीतलहर गुणस्तरहीन बीउ तथा विभिन्न रोगका कारण आलु उत्पादनमा कमी आएपछि आलुको मूल्य आकासिँदै गएको छ । तरकारीमा धेरै प्रयोग हुने भएकाले पनि अरु तरकारीको तुलनामा आलुको माग बढ्दै गएका कारण पनि आलुको मूल्य बढेको अनुमान गरिएको छ । नवलपरासी जिल्लाका विभिन्न बजारमा केही साता अगाडिसम्म २५देखि ३० रुपैयाँ केजी पाइने सेतो आलुको मूल्य अहिले ७५ सम्म पुगेको छ । भने त्यस्तै रातो आलु अघिल्लो साता ३५ देखि ४० रुपैयाँसम्म विक्री हुने गरेको भएपनि अहिले ८५ रुपैयाँसम्म विक्री भईरहेको छ । दैनिक जसो प्रयोग हुने आलुको मूल्य हरियो तरकारीको दाँजोमा महंगो हुँदै गएकोले उपभोक्ताहरु चिन्तित बनेका छन् ।

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१