शनिबार, बैशाख २२, २०८१

गोरखामा किसानले मल पाएनन्

काठमाडौं,२ असोज । गोरखाका किसानहरुले धानमा मल हाल्न नपाएपछि भौतारिँदै कृषि विकास कार्यालयदेखि बजारका पसल पसल चाहार्न थालेका छन् । तर किसानले मल नपाएपछि धान उत्पादन घट्ने चिन्तामा पिरोलिन थालेका छन् । सरकारले उपलब्ध गराएको अनुदानको मल समयमा नै ढुवानी हुन नसक्दा गोरखामा मल अभाव भएको कृषि विकास कार्यालयले जनाएको छ । भाद्र असोज महिनाको अवधिमा किसानहरुले धानबालीका लागि प्रयोग गर्न युरिया, डिएपी र पोटास गरी करिव ३ हजार क्विन्टल मलको माग गर्ने गरेका छन् तर गोखरामा ३ सय क्विन्टल मल मात्र पुगेको बताइएको छ । त्यही मल पनि पहुँच पुग्नेले मात्र पाएको गुनासो किसानहरुले गर्न थालेका छन् ।
किसानहरुलाई मल सहज आपूर्ति गराउनका लागि प्रमुख जिल्ला अधिकारकिो संयोजकत्वमा जिल्ला मल आपूर्ति, वितरण तथा व्यवस्थापन समितिले ढुवानी गर्न नसकेको आरोप समेत लागेको छ । अनुदानको मल कृषि सामग्री र साल्ट टे«डिङ्गले मात्र ढुवानी गर्न स्वीकृति पाएको भएपनि यी दुवै संस्था जिल्लामा छैनन् ।

प्रकाशित मिति: बिहिबार, अशोज २, २०७१