मङ्लबार, बैशाख ११, २०८१

हाइव्रिड बीउ त्याग्दै सिन्धुपाल्चोकका किसान

काठमाडौं, २ असोज । व्यवसायिक रुपमा मकैलाई मुख्य नगदेबालीका रुपमा लिएका सिन्धुपाल्चोक सिपापोखरे र भिटार गाविसका किसानहरुले हाईव्रिड मकैको बीउ त्याग्न थालेका छन् । सो क्षेत्रका किसानहरु हाइव्रिड बीउ रोप्न छाड्दै स्वदेशमा नै उत्पादन विभिन्न जातका बीउ रोप्न थालेका हुन् ।
किसानहरुले नेपाल सरकारले सिफारिस गरेको स्वदेशी पोसिलो जातको बीउ रोप्न थालेका हुन् । गत बर्ष मकै सिजनमा भाउ नआएछि मकै संकलन गरी राख्दा घून किराले धुलो बनाई दिएपछि किसानहरुले हाइव्रिड त्यागेका हुन् ।
हाइव्रिड मकै लामो समयसम्म थुपारेर राख्दा अधिकांश किसानहरुको मकै घून किराले खाएपछि किसानहरुले समूहमा सल्लाह गरेर नै हाईव्रिड त्याग्ने निधो गरेका थिए । सो क्षेत्रका किसानहरुले ४ रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा मकै खेती गरिरहेका छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज २, २०७१