शुक्रबार, बैशाख १४, २०८१

बीमाका लागि ७५ प्रतिशत अनुदान, १ करोडको सिमा हट्यो

काठमाडौं, १ असोज । किसानहरुलाई सुरक्षित गराउनका लागि कृषि विकास मन्त्रालयले पशु तथा बाली बीमा लागू गरेको करीव ढेड बर्ष पुगिसक्दा पनि किसानहरुले बीमा कम्पनीहरुबाट जसरी सहज रुपमा सेवा दिनु पर्ने हो त्यो दिन सकिरहेको देखिंदैन । त्यत्ति हुँदा हुँदै पनि सरकारले किसानहरु बीमाको प्रिमियम तिर्न सहज होस् भन्न हेतुले बीमाको प्रिमियमका लागि ७५ प्रतिशत अनुदान दिने भएको छ । जसका कारण बीमा गर्नका लागि किसानहरुलाई ठूलो राहत मिलेको छ ।
jayaत्यतिमात्र नभई कृषि बीमाका लागि १ करोड सम्मका लागि भनिएको भएपनि त्यो दायरा फराकिलो भएको छ । व्यवसायिक रुपमा कृषि गर्न चाहेका र कृषि गरिरहेका किसानहरु मर्का परेकाले त्यो सीमा अन्त्य गरिएको छ ।
नेपालका कृषि बीमा लागू गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कृषि सचिव जयमुकुन्द खनालले प्रिमियममा ७५ प्रतिशत अनुदानको व्यवस्थाले किसानहरुलाई बीमाका लागि उत्प्रेतिर गराउने समेत बताउनु भयो । साथै उहाँले व्यवसायिक रुपमा कृषि गरिरहेकाहरुको बीमांकको सीमाका कारण बीमा गर्न गाह्रो भएको गुनासो आएपछि सरकारले रु. १ करोडसम्मको बाली तथा पशुधन बीमाको सीमा अन्त्य गरेको समेत जानकारी दिनु भयो ।

प्रकाशित मिति: बुधबार, अशोज १, २०७१