शुक्रबार, चैत्र १६, २०८०

आधुनिक चिया प्रोसेसिङ उद्योग सञ्चालनमा

बिर्तामोड, २ भदौ । विश्वकर्मा पूजाको उपलक्ष्यमा आज झापाकै दोस्रो ठूलो चिया प्रोसेसिङ उद्योग खुलेको छ । शनिअर्जुन नगरपालिका–१ नारायणचोकमा एक विगाहा सातकठ्ठा क्षेत्रफलमा पूर्ण आधुनिक प्रविधिमा अर्जुनधारा टी प्रोसेसिङ प्रालि नामबाट उक्त उद्योग संचालनमा आएको हो ।  हाल दुई वटा सीटीसी ड्रयर सहित दैनिक २४ हजार केजी हरियो चियापत्तीबाट चिया उत्पादन गर्ने रहेको सो उद्योग करिब रु १० करोडको लागतमा निमार्ण गरिएको प्रबन्ध निर्देशक खगेन्द्र ढकालले बताउनुभयो । झापाको उत्तरी क्षेत्रबाट उत्पादन हुने हरियोपत्तीलाई लक्षित गरी एक नम्बर चिया उत्पादन गर्ने उद्देश्य राखेको यसले लक्ष्यअनुसारको उत्पादन सुरु गरेपछि झण्डै एकसय बढीलाई रोजगार दिन सकिने  उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति: बिहिबार, अशोज २, २०७१