शुक्रबार, बैशाख २१, २०८१

महानिर्देशकका कारण मन्त्री विवादमा

काठमाडौं, २९ भाद्र । निजामती सेवामा प्रवेश गरेका पाँच बर्ष नपुग्दै वातावरण विभाग र कृषि विभागको महानिर्देशकका सम्हाल्न सफल भएका भाग्यमानी महानिर्देशक डा. युवकध्वज जिसीका कारण कृषि मन्त्री हरिप्रसाद पराजुली समेत विवाद तानिएका छन् । भरतपुरको कृषि क्याम्पसमा पढाउँदा पढाउँदै छट्के सहसचिवमा करीव पाँच बर्ष अगाडि कृषिमा नियुक्त भएका जिसीलाई वातावरण विभागमा महानिर्देशक हुँदाहुँदै कट्टर राजनीतिक कार्यकर्ता भएकै कारण आफूलाई काम गर्न सहज हुने सोचका कारण कृषि विभागमा ल्याएका थिए । तर मन्त्रीको सोच अनुरुपम काम नभए मन्त्री आफै पछुताउन थालेका छन् ।
ybkkकृषि विभागको भन्सारका रुपमा चिनिएको क्वारेण्टाइनहरु तथा अन्य राम्रा ठाउँमा सरुवाका लागि जिसीको सक्रियता बढेको र यसमा आर्थिक चलखेल भएको कृषि विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार कुनै प्रा.स.ले प्रक्रियागत रुपमा नभै आफूले चाहेको ठाउँमा सरुवा हुन चाहेमा ७५ हजार देखि १ लाखसम्म बुझाउनु पर्ने अवस्थाको सृजना गरेको बताइएको छ । कृषिका क्षेत्र र किसान संगठनमा लामो समय काम गरेका मन्त्री हरिप्रसाद पराजुलीलाई असफल बनाउन स्वयं जिसीले अग्रसर भएको समेत स्रोतले बताएको छ । मन्त्रीले आफूलाई मन्त्रालयका मातहतका राम्रा आयोजनामा सरुवा नगरिदिने संकेत देखिएपछि उनी आन्तरिक रुपमा उनी एमाले इतरका राजनीतिक व्यक्तिहरु प्रयोगसँग समेत साँठगाँग गर्न थालेका छन् ।
नाम चर्चामा ल्याउन अत्यन्तै भोगी मानिएका जिसीले आफ्नो पदीय दायित्वलाई भुलेर समेत काम गरेका प्रमाणहरु कृषिलाई फेला परेको छ । जुन निजामती सेवामा कार्यरत कर्मचारीलाई बन्देज लगाइएको छ । त्यस्ता बन्देज लगाइएका कार्यमा अग्रसर एवं मन्त्रीलाई विवादमा तानी असफल बनाउन खोज्ने महानिर्देशकलाई मन्त्रीले काँखी च्यापिरहेको भन्दै एमाले निकट कर्मचारीहरु नै रुष्ट भएका छन् । उनी राम्रा मान्छे हुन् तर व्यक्तिगत स्वार्थका लागि ठूला सपना बटुल्दै जस्तो हर्कत पनि गर्न तयार हुन्छन् उनीहरुको आरोप छ । मन्त्रीले कृषि क्षेत्रलाई विकास गर्ने हो भने कृषि विभागकोे जिम्मेवार पदमा व्यक्तिगत स्वार्थमा नलाग्ने अरुलाई नै महानिर्देशक बनाउन उपयुक्त हुने देख्छन् ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७१