शनिबार, बैशाख १५, २०८१

पशुपालन व्यवसाय धरासायीको संकेत

काठमाडौं, २६ भाद्र । सरकारले कृषि क्षेत्रमा युवा लक्षित कृषि कार्यक्रम ल्याएको भएपनि ती कार्यक्रहरु कति सफल बन्दै छन् भन्ने कुरा अनुगमन हुन सकेको छैन । युवा स्वरोजगार कोषले उपलब्ध गराउँदै आएको रकम रानजीतिक दलका कार्यकर्ताहरुलाई बाँडेको आरोप खेपेको भएपनि उसले कामलाई निरन्तरता दिँदै आएको छ ।
युवा स्वरोजगार कोषबाट पशुपालन व्यवसायका लागि लगिएका रकम ६० प्रतिशत भन्दा बढी रकम अन्यत्र खर्च गरिएको भेटिएको छ । तर ती रकम उठाउन कोषलाई समेत हम्मे हम्मे परेको छ । पछिल्लो समयमा युवाहरुलाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएपछि ती सफल हुन सक्ने देखिएको छैन ।
जसले पशुपालन गर्न खोजिरहेका छन् ती युवाहरु सरकारको पहुँचमा पुग्न नसक्ने र जसले कागजी रुपमा पशुपालन व्यवसाय दखाएर सरकारी रकम हडप्न खोज्छन् उनीहरुले कै बर्चश्व बढ्दै गएको छ । यतिखेर जिल्ला जिल्लाका पशुपालनका लागि गरिएका कार्यक्रमले त्यही नै देखाएको छ । यदि पशुपालन तर्पm युवाहरुलाई आकर्षित नगर्ने र सहि युवा किसानसम्म सरकारको पहुँच नपुग्ने हो भने पशुपालन व्यवसाय धरापमा पुग्ने संकेत देखिएको छ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७१