बुधबार, बैशाख २६, २०८१

चर्चामा मात्र पारिवारिक खेती

काठमाडौं,२६ भाद्र । यतिखेर जिल्ला जिल्लाका पारिवारिक खेतीको नारा सहित ¥याली जुलुशहरु भईरहेका छन् । अनि मन्त्री राजनीतिक दलका नेतृत्वहरु त्यही कार्यक्रममा पुगेर कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने भाषण गरिरहेका छन् । तर पारिवारिक खेतीलाई जति चर्चामा ल्याएको छ त्यति व्यहारमा भने लागू हुन सकेको छैन ।
नेपालका पारिवारिक खेतीको नारा केवल विदेशी दातृ निकाय खुशी पार्ने काम बाहेक अरु केही पनि होइन भन्छन् स्वयं पारिवारिक खेतीमा संलग्न हुनेहरु । केही दातृनिकायहरुको सहयोग भएको भनिएको पारिवारिक खेती नेपालका सन्दर्भमा आवश्यक नभएको टिप्पणी कृषि क्षेत्रका विज्ञहरुले नै गर्न थालेका छन् । नेपालका विगतदेखि वर्तमानसम्म पारिवारिक खेती नै भईरहेकाले यो चर्चाको विषय बनाउनु नपर्ने कृषि विज्ञहरुको धारणा छ ।
अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्ष २०१४ राष्ट्रिय समिति नेपालका नामबाट धेरै कार्यक्रम भए तर ती कार्यक्रमहरु अर्थहिन भएको बताएको छ । यसका लागि बजेट खर्च गरिनु भन्दा किसानहरुलाई आवश्यक पर्ने गुणस्तरीय मल, बीउको सहजताका लागि काम गरी कृषि उत्पादन बढाउन तर्फ लाग्नु पर्ने धारणा कृषिविज्ञहरुको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७१