आइतवार, जेष्ठ ६, २०८१

सिन्धुलीका रासायनिक मल विस्थापित हुँदै

सिन्धुली,२६ भाद्र । तरकारी होस् वा धानबाली, कृषि उपजका सम्पूर्णल बाली लगाउने किसानहरुले यतिखेर घण्टौं लाईनका बसेर रासायनिक मल प्रयोग गरी रोग निम्त्याउनु भन्दा रासायनिक मल नै प्रयोग नगर्ने निर्कौल गरेका छन् ।
सिन्धुलीका किसानहरु यतिखेर रासायनिक मल भन्दा आफ्नौ भकारोमा रहेको गोवर र खेर गईरहेको गाई भैसीको पिसाव नै रासायनिक मल भन्दा बढी प्रभावकारी र स्वस्थकर भएको भन्दै रासायनिक मल प्रयोग घटाउँदै लगेका छन् ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुली अभियानमूलक भकारो सुधार कार्यक्रम लागू गरेपछि सो क्षेत्रका किसानहरु आकर्षित हुन थालेका हुन् । जसले गर्दा जिल्लामा रासायनिक मल विस्थापित हुँदै गएको व्यवसायीहरुले नै बताउन थालेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७१