शनिबार, बैशाख १५, २०८१

३० रुपैयाँको काउली सय रुपैयाँमा विक्री

download

काठमाडौं, १३ भाद्र । केही दिन अगाडिसम्म बजारमा ३० रुपैयाँ देखि ४० रुपैयाँ प्रतिकेजी पाउने काउलीको मूल्य ह्वात्तै बढेको छ । काउलीको मूल्य बढेपनि किसानहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । काठमाडौंको फर्पिङ्गमा उत्पादन भएको काउली किसानहरुले प्रति केजी रु.३० रुपैयाँमा विक्री गरेको बताउँछन् । काउली खेती गरिरहेकी फर्पिङ्ग वडा नं. ८ की कमला तामाङ्ग आफूले विगत ६ बर्षदेखि काउलीखेती गरिरहेको भएपनि आफूले लागत मूल्य नपाएको बताउँछिन् । त्यही आफूले उत्पादन गरेको काउली विचौलियाले बेचेर मनग्ये आम्दानी गर्ने उनको तर्क छ । विहीबार बेलुका प्रतिकेजी रु.३० का दरले काउली बेचिरहेकी किसान कमलाले कालीमाटीबाट पसलमा पुग्दा तेब्वर मूल्य बृद्धि हुने गरेको समेत बताईन् । त्यही काउली कालिमाटी तरकारी बजारमा रु. ७० मा विक्री भईरहेका छ भने खुद्रा पसलमा प्रति केजी काउलीको आज रु. १०० मा विक्री गरेको पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७१