शुक्रबार, बैशाख २१, २०८१

भर्मिकम्पोष्ट मलको अनुदान दुरुपयोग

काठमाडौं,१८ श्रावण । रासायनिक मलको अभाव मात्र होइन त्यसको विकल्पका लागि पनि सरकारले नेपालमा नै कम्पोष्ट मल उत्पादन गर्ने निजी कम्पनीहरुलाई अनुदान उपलब्ध गराउ“दै आईरहेको छ । तर सरकारले उपलब्ध गराउ“दै आईरहेको ती अनुदानहरु सदुपयोग नभएको गुनासाहरु आउन थालेका छन् ।
vermicompostकृषि विकास मन्त्रालय मातहत रहेको माटो व्यवस्थापन निर्देशनालय मार्फत सिफारिसका आधामार दिइने त्यस्ता अनुदान मल उत्पादनका लागि आवश्यक मेशिनरी सामग्रीहरु खरिद गर्नका लागि उपलब्ध गराउ“दै आईरहेको भनिएपनि अहिले मल उत्पादन गर्न लिएका अनुदानग्राहीहरुले मल उत्पादन गर्नु भन्दा पनि विगतमा उत्पादन गरिएका मल कसरी हुन्छ सरकारी निकायलार्य नै भिडाउने भन्नेतिर लागिरहेको देखिन्छ ।
सरकारले स्वदेशमा नै कम्पोष्ट मल उत्पादन होस् र मल आयात गर्न नपरोस् भन्नका लागि अनुदान दिए पनि कृषि विकास मन्त्रालय मार्फत दिएको त्यस्ता अनुदान बालुवामा पानी हाले बराबर नै भएको छ । अनुदान प्राप्त गरेको केही कम्पनीहरुले त उत्पादन नै गर्न छाडेका छन् । बरु मन्त्रीलाई रिझाएर विगतमा उत्पादन भएका मल समेत खरिद गराउने अभियानमा जुटेका छन् ।
काम नै नगरी सरकारी अनुदान खान पल्किएका यस्ता व्यापारीहरुले कृषि मन्त्रीलाई रिझाउन आफूले सक्नेसम्मको बल प्रयोग गरिरहेको समेत कृषि साप्ताहिकलाई फेला परेको छ । मल उत्पादन गर्नका लागि अनुदान लिईसकेका त्यस्ता कम्पनीको मल मन्त्रालय मातहतको निकायले खरिद जसरी भएपनि खरिद गर्नु पर्दछ भन्ने सोचमा केही कम्पनी लागिरहेकाले कृषि मन्त्री हरिप्रसाद पराजुलीले बेलैमा सोच्नु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, साउन १८, २०७१