शनिबार, बैशाख ८, २०८१

पासपोर्ट बनाउन हिडेकाहरु कृषि फर्म दर्ता गर्न थाले

नुवाकोट, १७ श्रावण । केही महिना अगाडिसम्म विदेश जानका लागि पासपोर्ट बनाउन् जिल्ला प्रशासन कार्यालयमा लाइन बस्न जाने युवाहरु यतिखेर लघु उद्यमका लागि घरेलु उद्योगमा संस्था दर्ताका लागि लाईन बस्न थालेको नुवाकोटका राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । जिल्लामा पहिलो पटक कृषिमा सरकारी अनुदानमा गएपछि विदेश जाने युवाहरु समेत पासपोर्ट बनाउनु भन्दा अनुदान लिएर कृषि व्यवसाय गर्ने सोचेले घरेलु कार्यालयमा निजी फर्म दर्ता गर्न पुगेको उनीहरुले बताए ।
कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले नुवाकोटमा लघु अनुदान दिने भएपछि सो अनुदानका लागि संस्था दर्ता भएको हुनु पर्ने प्रावधान भएकाले घरेलुमा भीड लाग्न थालेको उनीहरुले बताए । आयोजनाको बारेमा राजनीतक दलहरु समेतको सहभागीतामा जानकारी मूलक अन्र्तक्रिया कार्यक्रम नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एमाओवादी, राप्रपा नेपाल, राप्रपा, नेपका– माओवादी मधेश जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरुले आफ्नो जिल्लामा आएको कृषि आयोजनालाई सफल बनाउने दायित्व आफ्नो भएको समेत बताए । विदेश जाने सोचमा रहेका युवाहरु समेत कृषि व्यवसाय तर्फ आकर्षित भएका बेला राजनीतिक दलहरुले कृषिको व्यवसायिक विकास तर्पm ध्यान दिनुपर्ने औल्याएको थियो ।
कार्यक्रममा आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले नुवाकोटमा पुरक अनुदानका लागि प्रस्ताव आब्हान गरे लगतै युवाहरुमा देखिएको जोशले व्यवसायिक कृषिका लागि सकारात्मक सोच अगाडि बढेको स्पष्ट भएको बताए । पासपोर्ट बनाउने हिंडेका युवाहरु घरेलुमा फर्मदर्ता गर्नतिर लाग्नुले आयोजनाको सफलताको संकेत देखाएको बताए ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१