शनिबार, बैशाख १५, २०८१

व्यावसायिक तरकारीखेतीको लहर

बागलुङ, १० साउन । तित्याङ–८ कमलडाँडाकी इनाकली थापा झिसमिसेमै डोकोभरी हरियो साग बोकेर सहर झर्न थालेको वर्षांै बितिसक्यो । सोही स्थानका राजु थापामगरको दैनिकी पनि इनाकलीको जस्तै छ । राजु र इनाकली झैंैँ यहाँका किसान व्यावसायिक तरकारीखेतीमा तल्लीन छन् । सदरमुकामदेखि एक घण्टाको पैदलदुरीमा अवस्थित कमलडाँडाका किसानले बनाएको कमलडाँडा ताजा तरकारी तथा फलफूल कृषि समूहका हरेक सदस्य व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर छन् । समूहमा अहिले ३९ जना किसान सदस्य आबद्ध छन् । वर्षभरिका हरेक याममा केही न केही कृषि फसल त्यहाँ उत्पादन हुने गरेको छ । मौसमी तथा बेमौसमी कृषिजन्य वस्तुहरूको उत्पादन, सङ्कलन र बजारीकरणमा समूह सक्रिय भएर लागेको छ । समूहकी अध्यक्ष तेजकुमारी थापामगरले कृषि उत्पादनमा आफ्नो गाउँ नमुना भएको दाबी गर्नुभयो । किसानहरूले कृषिमा आएका नयाँ प्रविधि र पद्धतिलाई पनि पछ्याइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१