बुधबार, बैशाख २६, २०८१

पाम एग्रोटेकका अध्यक्ष पक्राउ

काठमाडौं,५ श्रावण । ७ लाख लगानी गरेर १४ लाख बार्षिक कमाउने लोभ देखाउँदै सयौं किसानहरुबाट करोडौं उठाउन सफल भएका पाम एग्रोटकका अध्यक्ष रुद्रप्रसाद गिरीलाई यतिखेर प्रहरी पक्राउ गरेको छ । लामो समयदेखि सो एग्रोटेक मार्फत ध्यूकुमारीको खेती गर्न किसानलाई उत्साहित गर्दै किसानको रकम सहज रुपमा असुल्न सफल भएका गिरी र उनको कम्पनी पाम एग्रोटेकले किसानलाई ठगि गरिरहँदा पनि सम्वन्धि व्यक्ति एवं संस्थाहरु नै मौन रहेका कारण भविष्यमा ठूलो संख्यामा किसानहरु ठगिने तयारीमा रहेको समाचार केही समय अगाडि कृषि अनलाईनले सार्वजनिक गरेको थियो ।
imagesपाम एग्रोटेकले किसानलाई कसरी ठगि गरिरहेको छ भन्ने विस्तृत जानकारी समेत कृषि अनलाईनमा उल्लेख भएको थियो । ढिलो भएपनि किसानहरुको आँखा खुलेको छ । र चितवनमा केन्द्रिय कार्यालय सञ्चालन गरी ध्यूकुमारी खेतीका नाममा आफ्नो धन्दा सञ्चालन गरिरहेका गिरी विरुद्ध किसानहरुले आफ्ना आवाज बुलन्द गरेका छन् । चितवनका किसानहरुले सम्झौता बमोजिम ध्यूकुमारी खरिद नगरेको उजुरी जिल्ला प्रशासन कार्यालय चितवनमा दिएपछि गिरी पक्राउ परेका हुन् ।
हुन त कृषि अनलाईनले विगतमा समाचार संप्रेषण गर्दा नै सम्झौताका भर नपरी बजारीकरणलाई ख्याल गरेर मात्र लगानी गर्न किसानहरुलाई चेतना अभिबृद्धि गर्ने किसिमले समाचार सार्वजनिक गरेको थियो । किसानहरुले आफू ठगिएको बल्ल चाल पाए र रुद्रप्रसाद गिरी विरुद्ध उजुरी समेत दिए । गिरी पक्राउ परेपछि ठगिएका किसानहरुको रकम सुरक्षित गर्ने काम भने सम्वन्धित सरकारी निकायले गर्नु पर्दछ । अवका दिनमा किसानहरु ठगिनबाट भने जोगिने भएका छन् ।

प्रकाशित मिति: सोमवार, साउन ५, २०७१