सोमवार, जेष्ठ ७, २०८१

अज्ञात रोगका कारण पशु चौपाया मर्न थाले

सप्तरी, ४ साउन । सप्तरीको भारदह गाविसमा केही दिनयता अज्ञात रोगका कारण धमाधम पशु चौपाया मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

मुखबाट ¥याल चुहिने, सामान्य ज्वरो आउने र केही छिनमै पशु चौपाया छट्पटाएर मर्ने गरेको स्थानीय पशुपालकहरूले बताएका छन् । उक्त रोगका कारण भारदह–५ का गोसाइ मण्डलका एउटा बाछा, मोहन माझी र भारदह–६ का परमेश्वर खड्काको एक–एक गोरु र नन्दी मण्डलको एउटा बाछो अज्ञात रोगकै कारण मरेको छ ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१