शुक्रबार, बैशाख १४, २०८१

कृषि उत्पादनले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने

काठमाडौँ, १ श्रावण । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार चिरन्जीवी नेपालले बजेटमा कृषि तथा ऊर्जा उत्पादनलाई विशेष जोड दिइएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सल्लाहाकार नेपालले कृषि उत्पादनले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने हुँदा सो क्षेत्रमा लगानी वृद्धि गरिएको र ऊर्जा सङ्कटलाई समाधान गर्न साना व्यवसायीलाई सहुलियत उपलब्ध गराइएको बताउनुभयो । उहाँले समयमै बजेट सार्वजनिक गरिएकाले लगानीको वातावरण राम्रो हुने सङ्केत देखिएको भन्दै बजारमा देखिएको आर्थिक संरचना तथा प्राविधिक परिवर्तनअनुसार व्यावसायिक ऐन परिवर्तन गर्दै जाने सरकारले लिएको नीतिले अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने र पुँजीगत खर्च बढ्ने विश्वास व्यक्त गर्नुभयो । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले बजेटले नीतिगत सुधारका लागि प्रतिबद्धता जनाएकाले परिमार्जित हुन नसकेका करिब ३५ ऐन आवश्यकताअनुसार संशोधन भई आउने विश्वास व्यक्त गर्दै यसले निजी क्षेत्रलाई उत्साहित बनाउने र अर्थतन्त्रमा नयाँ गतिशीलता कायम हुने बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, साउन १, २०७१