सोमवार, बैशाख २४, २०८१

कृषि बीमालाई विस्तार गर्न लघु बीमा नीति ल्याईने

काठमाडौं, २९ असार । कृषि तथा पशु विमालाई अझ व्यवस्थित गराउनका लागि डा. रामशरण महतले प्रस्तुत गर्नु भएको आ.व २०७१÷७२ को बजेटले लघु विमा सम्वन्धी नीति ल्याउने निर्णय गरेको छ । साथै विगतमा भईरहेका विमा नीतिलाई विस्तारित गर्दै लैजाने समेत बजेटले सम्वोधन गरेको छ ।
गत बर्ष वीमामा छुट्याएको १३ करोड ५० लाख मध्ये २ करोड मात्र खर्च भएर अन्य रकम फ्रिज भएको घटनालाई समेत यसले केही मद्दत गर्ने छ । किसानहरुलाई बीमाको बारेमा जनचेतना अभिबृद्धि नभएको र कृषि तथा पशु बीमा व्यवस्थित हुन नसकिरहेको अवस्थामा बजेटले यसलाई सहजीकरण भने गरको छ ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७१