शनिबार, बैशाख २२, २०८१

जुम्लामा ८०० मेट्रिक टन खाद्यान्न अभाव

जुम्ला, १८ असार । जिल्ला कृषि विकास कार्यालय जुम्लाले अझै पनि जुम्लामा बर्सेनि दुई हजार ८०० मेट्रिक टन खाद्यान्न अभाव रहेको बताएको छ ।

जिल्लाको कृषिको अवस्थाका बारेमा भएको अन्तक्र्रियामा सो तख्याङक सार्वजनिक गर्दै वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जुम्लाको दुई लाख ५४ हजार ३८१ कुल हेक्टर जमिनमध्ये ३९ हजार ४८५ हेक्टर जमिनमात्र खेतीयोग्य रहेको र त्यसमा पनि उत्पादन न्युन हुने गरेको बताउनुभयो ।
अभाव भएको खाद्यान्न बाहिर जिल्लाबाट आयात हुने गरेको छ । तथापि यसलाई परिपूर्ति गर्नका लागि आधुनिक खेतीप्रणालीसँगै खाद्य सुरक्षा रणनीति तयार गर्नुपर्नेमा स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले जोड दिनुभयो ।
कर्णालीका जनताको खाद्य अधिकार तथा सुरक्षा सुनिश्चितताका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसअघि नै पाँच वर्षे कृषि योजनासहितको १० वर्षीय रणनीति तयार गरिसकेको छ ।
यसमा कर्णालीमा पाइने अन्नबाली, फलफूल, तरकारी तथा अन्य खाद्यान्नसँग सम्बन्धित वस्तुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिई उत्पादनमा मुलुकका अन्य जिल्लामा निर्यात गरी आर्थिक रुपमा यस क्षेत्रका जनताको स्तर वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७१