शनिबार, बैशाख ८, २०८१

पश्चिमाञ्चलमा २२ प्रतिशत रोपाइँ सम्पन्न

कास्की, १८ असार । आधा असार सकिँदा पनि पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा करीव २२ प्रतिशत भन्दा बढी रोपाइँ हुन सकिरहेको छैन ।

ropai-15बर्षातमा भर पर्नु पर्ने भएकाले पनि पश्चिमाञ्चलमा यो अवस्था देखिएको हो । तराईका कपिलबस्तुमा १० प्रतिशत रोपाई भएको छ भने रुपन्देही ४ प्रतिशतको हाराहारीमा मात्र रोपाई सम्पन्न भएको छ । पश्चिमाञ्चलको सवैभन्दा कम रोपाई भएको जिल्ला रुपन्देही र सवै भन्दा बढी रोपाई बाग्लुङमा ४५ प्रतिशत रोपाई सम्पन्न भईसकेको पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक लेखनाथ आचार्यले कृषि अनलाइनलाई जानकारी दिनु भयो ।
आचार्याका अनुसार यस क्षेत्रमा पर्ने तीनवटा तराई जिल्लामा पानी नपरी खडेरी परेकाले अधिकांश खेती बाँभैm रहेको छ भने केही किसानहरुले पम्पका सहायताले सिँचाई गरी रोपाई कार्य जारी राखेको पनि बताउनु भयो । पहाडी जिल्लाहरु गोरखामा १२, तनहुँमा १०, लमजुङमा १५, कास्कीमा २५, म्याग्दीमा पाँच, बागलुङमा ४५, पर्वतमा १५, स्याङ्जामा ३०, पाल्पामा १२, गुल्मीमा १५ र अर्घाखाँचीमा १० प्रतिशतमात्रै रोपाइँ भएको समेत निर्देशक आचार्यले बताउनु भएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १८, २०७१