शनिबार, बैशाख १५, २०८१

पहिलोपटक अध्यात्मिक रोपाइँ जात्रा हुने

काठमाडौँ, ३१ जेठ । नेपालमा अध्यात्मिक कृषि पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले असार ६ गते प्रथम अध्यात्मिक रोपाइँ जात्रा–२०७१ आयोजना हुने भएको छ । रोपाइँलाई फरक शैलीमा मनाउने अभियानका साथ भक्तपुरको छालिङ गाविसस्थित पञ्च महालक्ष्मी धाममा आफ्नो मौलिकपनलाई अध्यात्मसँग जोड्दै माटोसँग रमाउने अभियानका साथ यो पर्व फरक तरिकाले मनाउने र यसलाई पर्यटक लोभ्याउने पर्वको रुपमा विकास गर्न लागिएको मूल समारोह समितिका संयोजक एवम् पर्यटन व्यवसायी राजन सिंखडाले बताउनुभयो । पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार कार्यक्रमको मुख्य आकर्षण रोपाइँ जात्रामा महिला समूहले मौलिक पञ्चैबाजाको धुन पनि प्रस्तुत गर्नेछन् ।-कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, जेष्ठ ३१, २०७१