मङ्लबार, बैशाख २५, २०८१

विना प्रमाणित अग्रानिक बजार !

काठमाडौं, २३ जेठ । मह महोत्सवमा सरकारी तथा गैरसरकारी संस्थाबाट राम्रै रकम हात पार्न सफल भई हौसिएका मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठ यतिखेर अर्गानिक एग्रो बजारतिर होमिएका छन् । अर्गानिक कृषि प्रर्वद्धन केन्द्र नामक गैरसरकारी संस्थाका रुपमा गत माघमा दर्ता गरी सोही संस्थाबाट व्यवसाय गर्ने सोचका साथ श्रेष्ठ सहितको समूहले काठमाडौंको मुख्य केन्द्रका रुपमा रहेको दरबार मार्गमा प्रांगारिक तरकारी बजारको खुवै तामझाम सहित कृषि मन्त्रीको हातबाट उद्घाटन गराउन सफल भएका छन् ।
argainiआफूहरुलाई अर्गानिक उत्पादनहरुको संस्था भन्न रुचाउने यो केन्द्रमा धर्मराज श्रेष्ठ अध्यक्ष छन् भने कफीका पिता मानिएका नेपाल कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी व्यवसायी ढकेश्वर घिमिरे उपाध्यक्ष, सचिवमा नेपाली रक्सी (वाईन) वितरक विलबहादुर अधिकारी रहेको धर्मराज श्रेष्ठले बताएका छन् । प्रांगारिक कृषि बजार सञ्चालन गरेको देखाएर त्यसको प्रर्वद्धन गर्ने नाममा तत्कालै प्रांगारिक कृषि मेला आयोजना गरेर मह महोत्सव जस्तै रकम उठाउने तयारी गरिएको पनि स्रोतले बताएको छ ।
त्यत्रि मात्र होइन कार्यक्रममा कृषि विकास मन्त्रालय मातहत सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुका आयोजना निर्देशकहरुलाई समेत आमन्त्रण गरी परियोजना पार्नका लागि तयारी गरिरहेको स्रोतका दावी छ । स्रोतका अनुसार व्यवसायिक कृषि तथा व्यापार आयोजनाबाट प्रांगारिक कृषि उपजहरुको प्रर्वद्धन गर्ने नाममा आयोजना हात पार्न पनि यो अभ्यास शुरु गरिएको थाहा हुन आएको छ ।
दरबारमार्ग जस्तो महंगो स्थानमा मासिक १ लाख ३० हजार भाडा तिरेर अर्गानिक एग्रो बजार सञ्चालनमा आएको छ । तर सो बजारमा विक्रीका लागि राखिएका कृषि उपजहरुहरु अर्गानिक भएको कसले प्रमाणित गर्ने हो ? कार्यक्रममा मन्त्री, सचिव, सभासद्, कृषि विभागका महानिर्देशक बाली संरक्षण निर्देशनालयका निर्देशक, व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशकहरुलाई समेत उपस्थित गराएर विगतमा युनिटी समूहले जनता ठगे जस्तै यो बजारले अग्र्रानिकका नाममा ठगी शुरु गर्न लागेको हो कि भन्ने चर्चा कार्यक्रम स्थलमा नै शुरु भइसकेको थियो । -कमला नेपाल

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७१