आइतवार, जेष्ठ ६, २०८१

यो बर्ष मल अभाव नहुने

काठमाडौं, २३ जेठ । कृषि विकास मन्त्रालयले गत बर्ष जस्तै यो बर्ष पनि रासायनि मल अभाव हुन नदिन केही समयअगाडि देखिनै अभ्यास गरिरहेको छ । विगतका बर्षहरुमा धानबाली लगाउने बेलामा रासायनिक मल अभाव खेप्दै आएका किसानहरुले भने गतबर्षबाट राहत पाएका छन् । गत बर्षपनि नेपाली किसानहरुले सहज रुपमा मल प्राप्त गरेका थिए । मल अभाव हुन नदिन सचिव जयमुकुन्द खनालले निकै प्रयत्न गरेका कारण गतबर्ष रासायनिक मल अभाव नभएको कृषि मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । Bhagawan khatiwadaसचिवको मेहनतका कारण पनि गत बर्ष मल अभाव नभएको बताइएको छ । यस पटक पनि धानबाली रोप्ने बेला नजिँकिँदै गर्दा मल अभाव नहोस् भन्नका लागि २ लाख ७५ हजार मेट्रिक टन रासायनि मल आयात गरिएको छ । बीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट रासायनिक आयात गरी सवै क्षेत्रमा पुग्ने गरी पठाइएको कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत भगबानप्रसाद खतिवडाले बताए ।
खतिवडाका अनुसार सरकारले रासायनिक मलका लागि अनुदानको व्यवस्था गरेको अनुदानको मल धान, गहुँ, मकै, कोदो लगायत खाद्य उत्पादनका लागि दिएको हो । सो अनुदान खाद्य सुरक्षाको लागि भएको भएपनि नगदेबालीमा अनुदान हालसम्म व्यवस्था नभएकाले नगदेबाली उत्पादनमा संलग्न व्यवसायीले अनुदानको मल नपाएपछि मलको अभाव भएको आरोप लगाउने गरेको पनि खतिवडाको तर्क थियो । वास्तवमा भन्ने हो भने खाद्यवाली उत्पादनका लागि किसानहरुलाई करीव २ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने र आफूहरुसँग २ लाख ७५ हजार मेट्रिक टन मल रहेको जनाए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७१