शुक्रबार, बैशाख १४, २०८१

प्रतिवन्धित बीउ बजारमा प्रशस्त

काठमाडौं, २३ जेठ । उन्नत जातको धानको बीउका नाममा यतिखेर बजारमा गुणस्तरहिन र सरकारले विक्रीमा रोक लगाएका धानका बीउहरु एग्रोभेटहरुले विक्री वितरण गरिरहँदा पनि बीउ विजन गुण नियन्त्रण केन्द्रले चाल पाउन सकेको छैन । गत बर्ष हाईव्रिड बीउका नाममा भक्तपुर काभ्रे लगायतका जिल्लामा लगाइएका धानबाली स्वाहा हुँदा पनि किसानहरु अझै सचेत हुन सकिरहेका छैनन् । अर्कोतिर छोटो समयमा धेरै आम्दानी गर्ने लोभमा एग्रोभेटहरु प्रतिवन्धित धानको बीउ विक्री गरिरहेका छन् । काठमाडौं, ललितपु, भक्तपुर तथा काभ्रे जिल्ला धेरै एग्रोभेटहरुले गुणस्तरहिन धानको बीउ खुल्लमखुल्ला विक्री वितरण गर्दा पनि सम्वन्धित निकाय मौन रहेका छ । किसान मारा यस्ता एग्रोभेटहरुमाथि अनुगमन गरी कार्वाही गर्नुको सट्टा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले अनुगमन नगर्नुलाई शंकाको दृष्टिकोणले हेरिन थालिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७१