शनिबार, बैशाख १५, २०८१

गलकोटमा असिनाले कृषि उपज नष्ट

 

बागलुङ, १७ जेठ । गत बिहिबार परेको वर्षा र असिनाका कारण बाग्लुङ्गको जिल्लाको पश्चिम गलकोट क्षेत्रमा ठूला असर पु¥याएको छ ।

सो असिना पानीका कारण किसानको खेतबारीमा लगाइएको गोलभेंडा, मकै, आलु, व्यवसायिक रुपमा लगाइएका तरकारी लगायतका कृषिबालीमा असिना पर्दा लाखौँ मूल्य बराबरको क्षति पुगेको बताइएको छ । दुधिलाभाँती ७ का ज्यामिरे कृषि फार्मका सञ्चालक सागर कुँवरका अनुसार अधिकांश किसानका बाली नाली नष्ट भएको बताए ।

Rain with iceबिहीबार अपराह्नपखतिर लगातार परेको पानी र असिनाले तरकारी बाली, फलफूल, खेतमा रोपाइँका लागि तयार पारिएको धानको बीउ लगायतका कृषिउपज नष्ट गरेको हो । सो क्षेत्रमा नष्ट भएको कृषिबालीका बारेमा जानकारी लिन कृषि विकास कार्यालय श्याम प्रसाद रिजाल आज शनिबार २ बजेतिर सो क्षेत्रमा पुग्ने बताएको छ । गलकोट क्षेत्रको हटिया, हरिचौर, मल्म, नरेठाँटी, दुदिलाभाटी, काँडेबास लगायतका गाविसमा भारी वर्षासँगै असिना परेकोले धेरै किसानहरु मर्कामा परेको समेत कुँवरले बताए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १७, २०७१