बिहिबार, बैशाख २७, २०८१

कृषिमा द्वन्द्व पीडित महिला

बनेपा, १७ जेठ । द्वन्द्व पीडित महिलाको दिगो विकास र जीविकोपार्जनका लागि कृषिमा आत्मनिर्भर बनाउने काभ्रेमारु १८ लाख लगानी भएको छ ।

खाद्य तथा कृषि सङ्गठनले गरेको लगानीबाट द्वन्द्व पीडित महिलाले टनेल प्रविधिमा गोलभेँडाखेती, च्याउखेती, पशुपालन, प्याजखेती, गोठ सुधारलगायतका कार्यक्रम सञ्चालन गरेको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ ।
यो कार्यक्रम अत्यन्त प्रभावकारी रुपमा सञ्चालन भएको छ र त्यसबाट महिलाले मनग्य आम्दानी लिएका छन् कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागार्इंले भन्नुभयो ।
सञ्चालन भएका कार्यक्रममध्ये कुशादेवी गाविसमा लिलावती र फुलचोकी महिला कृषक समूह गठन गरेर एक ठाउमा च्याउखेती र अर्को ठाउँमा टनेलमा गोलभेँडाखेती गरिएको छ । कुशादेवी गाविसको वडा नं ३ मा च्याउखेती र वडा नं ९ मा टनेलमा गोलभेँडाखेती गरिएको हो ।
हामीले च्याउखेतीबाट करिब रु तीन लाखको आम्दानी गरेका छाँै स्थानीय लिलावती कृषक महिला समूहकी अध्यक्ष सावित्रा भेटवालले भन्नुभयो ।
उहाँले त्यसबाहेक हिउँदमा प्याजखेती, उन्नत जातको घाँसको बीउबाट पशु आहारको कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै यी कार्यक्रमले घरको नियमित आर्थिक कारोबार चलेको छ, भन्नुभयो ।
कुशादेवी गाविसकै वडा नं ९ मा सञ्चालन भएको टनेलमा गोलभँेडाखेतीबाट पनि महिलाले त्यत्तिकै फाइदा लिन सफल भएका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १७, २०७१