सोमवार, जेष्ठ ७, २०८१

कार्यकर्ता रिझाउन नियम मिच्दै कृषि मन्त्री

काठमाडौं, १७ जेठ । मुलुकको विकासका लागि योजना बनाउने मन्त्रीहरु देश र जनताको विकास भन्दा पनि कार्यकर्ता वा आफू निकट संगठनका नाइकेहरु कै इशारामा लागे भने यो मुलुक कसरी बन्ला ? कृषक प्रधान देशका कृषि मन्त्री पनि यस्तै योजनामा लागेका छन् । संविधानसभाको सदस्य नै नभई मन्त्री बन्ने भाग्यमानी वर्तमान कृषि मन्त्री हरिप्रसाद पराजुली अहिले मन्त्रालयमा कार्यँन्वयन भईरहेको नीति नियमलाई लत्याउन थालेका छन् । आफूलाई मन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एमालेका तर्फबाट सरकारको नेतृत्व गरिरहेका गृहमन्त्री बामदेव गौतमको निर्देशनमा चल्ने पराजुलीले किसानका पक्षमा सिन्को भा“च्ने छा“टका“ट पनि देखाएका छैनन् । बरु तिनै किसानका नाममा विदेश शयर गर्नमा नै व्यस्त देखिएका मन्त्री पराजुली यतिखेर फ्रान्सको पेरिसमा रहेका छन् ।
parajuliमन्त्रीपद सम्हालेको १ सय दिन नवित्दै कृषि मन्त्री विस्तारै विवादित हुन थालेका छन् । कृषि विभागमा रिक्त रहेको महानिर्देशक पदमा एमाले निकट कनिष्ठ सहसचिवलाई चिठ्ठी थपाएपछि वरिष्ठ कर्मचारी रुष्ट हुने त भएका छ“दैछन् वरियताक्रममा वरिष्ठ कर्मचारीहरुलाई पनि मानहानी हुने गरी सरुवा गर्ने काममा मन्त्री पराजुली जुर्रमुराएका छन् । यसले कृषि मन्त्री पराजुलीको उचाई झनै घटाएको छ ।
कृषकहरुको प्रतिनिधित्व गर्ने मन्त्री कृषि विकास मन्त्रालयले पाएको खुशी व्यक्त गर्ने कृषि मन्त्रालय मातहतका कर्मचारी पराजुलीको काम देखेर वाक्क परेका छन् । पछिल्लो समयमा कृषि विकास मन्त्रालयले गरेका कामका कारण बढ्दै गएको साख मन्त्री पराजुलीले धुमिल्याई दिएका छन् । त्यसैले होला धेरै कृषि विज्ञहरुले एग्रोभेट सञ्चालक मन्त्री बनेपछि मन्त्रालयमा पनि एग्रोभेटको व्यापार जस्तै बन्न थालेको कानेखुशी गर्न थालेका छन् । आफूलाई किसानहरुको ठूलै नेता ठान्ने मन्त्री पराजुलीले आफ्नो पार्टी निकट सञ्चारकर्मी बाहेकका पत्रकारहरुलाई पूर्ण रुपमा पाखा समेत लगाउने गरेका छन् ।
किसान संगठनमा लामो समय काम गरेका मन्त्री पराजुलीले कृषिका योजना के के बनाएका छन् होला भन्ने जिज्ञाशा पूरा गरी किसानसम्म पु¥याउने हेतुले मन्त्रीले नै दिएको समयमा पटक पटक कहिले मन्त्रालय त कहिले मन्त्री क्वाटरसम्म पुग्दा पनि मन्त्री पराजुलीले पूर्ण वेवास्ता गर्दै दुख दिएको एक कृषि पत्रकारले कृषि साप्ताहिकलाई बताए । पत्रकारहरुलाई त यता र उता कुदाउने मन्त्रीले समस्या लिएर पुगेका किसानलाई कत्तिको दुख देलान् उनको तर्क थियो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १७, २०७१