बुधबार, बैशाख २६, २०८१

दश हजार अष्ट्रिचका नयाँ चल्ला उत्पादन गरिने

बुटवल, ९ जेठ । रूपन्देहीको गङ्गोलियामा सञ्चालित नेपालकै पहिलो अष्ट्रिच फार्ममा चालु वर्ष २०७१ सालमा १० हजार अष्ट्रिचका नयाँ चल्ला उत्पादन गरिने भएको छ ।

अष्ट्रिच नेपाल प्रालिले जनाएअनुसार २०७० चैत अन्तिमसम्म माउ र चल्ला अष्ट्रिच गरी ३५ हजार बढी पुगिसकेका छन् भने अब २०७१ सालभित्र १० हजार अष्ट्रिचका चल्ला उत्पादन गरी कृषकको घरघरमा पु¥याउने योजना रहेको छ । orstrich
अष्ट्रिच नेपालका सञ्चालक सिपी शर्माका अनुसार अब कृषकलाई यो व्यवसायतर्फ प्रत्यक्ष सहभागी गराउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । उहाँका अनुसार गत वर्षबाट नै अष्ट्रिचको दानाका रूपमा प्रयोग हुने घाँसखेती कृषकले सुरु गरिसकेका छन् ।
आजभन्दा करिब पाँच वर्षअघि रु १० करोडको लगानीमा स्थापना गरिएको अष्ट्रिच फार्ममा हालसम्म झन्डै रु ६० करोड लगानी भइसकेको छ ।
अष्ट्रिच नेपाल प्रालिले जनाएअनुसार अहिले दैनिक रूपमा ३० वटा अण्डा अष्ट्रिचले दिइरहेको छ । तीन महिनाभित्र दैनिक साठी वटा अण्डा दिन्छ र अण्डा ह्याचरिङ गर्ने प्रविधिसमेत यही रहेको छ । त्यसैले अब एक वर्षमा १० हजार चल्ला उत्पादन गरेर नेपाल र विभिन्न मुलुकका किसानको घरघरमा पु¥याउने लक्ष्य रहेको बताइएको छ ।
चल्ला किनेर लगेका कृषकले अष्ट्रिच पालेको नौ महिनामै फेरि उचित मूल्यमा कम्पनीले खरिद गर्ने अष्ट्रिच नेपाल प्रालिले जनाएको छ । फार्मका अनुसार एक किसानले कम्तीमा २० वटा अष्ट्रिच पाल्ने छन् । किसानले नौ महिना पालेपछि कम्पनीले सोझै खरिद गर्ने भएकाले पनि कृषकलाई अझ राम्रो हुने र डेढ वर्षमा दुईपटक आम्दानी गर्न सक्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७१