शुक्रबार, बैशाख १४, २०८१

कृषि सेवा केन्द्रको अभाव

काठमाडौं,२९ वैशाख .नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नका लागि सरकारी निकाय तथा गैरसरकारी निकायहरु समेत सक्रिय रहेको अवस्थामा नेपाली किसानहरुहरुले आफूलाई व्यवसायिक किसान बनाउने सक्ने कुरामा भने शंका उत्पन्न हुन थालेको छ । निर्वाहमुखि खेती गरिरहेका नेपाली किसानहरुले तत्काल व्यवसायिक कृषि खेती प्रणालीलाई अंगाल्न सक्ने कुरामा नै मत भिन्नता उत्पन्न भइरहेको छ । विदेशी दातृ निकायहरुले व्यवसायिक कृषिका लागि करोडौं रुपैया“ अनुदान उपलब्ध गराएको भएपनि ती अनुदानहरु बालुवामा पानी हाले बराबर भएको आरोप लागिरहेका बेला नेपाली कृषि क्षेत्रको विकास गर्नका लागि सरकारी तथा निजी क्षेत्रबाट कृषि सेवा केन्द्रहरु स्थापना गर्ने कुरा बाहिर आउनुले सकारात्मक सन्देश भने प्रवाह गरेको छ ।
किसानहरुलाई कृषि सेवा प्रदान गर्नका लागि निजी क्षेत्रले व्यवसायिक रुपमा सेवा केन्द्रहरु स्थापना गर्ने प्रयास गरेपनि ती सफल हुन सकेका छैनन् । जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालयको मातहतमा रहेका कृषि सेवा केन्द्रहरुले किसानहरुलाई सेवा पु¥याउन सकिरहेका छन् कि छैन भन्ने कुरा अनुसन्धान गर्नु पर्ने भएको छ । यद्यपी निजी क्षेत्रबाट सञ्चालनमा आएका वा आउन लागेका सेवा केन्द्रहरुले दीर्घकालिन रुपमा सेवा पु¥याउन सक्नेमा पनि ढुक्क हुने अवस्था भने छैन । मुलुक भर छरिएर रहेको कृषि सेवा केन्द्रहरुले प्रत्येकले करिव १३ गाविसका सम्पूर्ण किसानहरुलाई सेवा पु¥याउनु पर्ने वाध्यता रहेको छ । के ती हरेक सेवा केन्द्रहरुले सवै गाविसहरुमा पुगेर किसानहरुलाई सेवा पु¥याउन सकेका छन् ?
किसानहरुलाई सेवा केन्द्रले सेवा पु¥याउन नसक्नु नै नेपाली कृषि क्षेत्रको विकासका लागि एउटा वाधक हो । जसका लागि पर्याप्त मात्रामा जनशक्तिहरु नहुनु नै हो । सरकारले भाषणमा कृषिको विकास गर्ने कुरालाई जति धेरै जोड दिन्छ त्यही अनुपातमा कृषि प्राविधिकहरु उत्पादन गर्ने र कृषि सेवा केन्द्रहरु स्थापना गर्न सक्ने हो भने मात्र नेपाली कृषि क्षेत्रको विकास र त्यसको व्यवसायिकरण हुन सक्ला अन्यथा ती सवै आकाशको फल आखा तरी मर भने जस्तै नहोला भन्न सकिदैन । त्यसो हुन नदिन पनि सरकारले हरेक गाविसमा पुग्ने गरी निजी क्षेत्रहरुको समेत सहभागितामा कृषि सेवा केन्द्र वा स्रोत केन्द्रहरु सञ्चालनमा ल्याउनु अनिवार्य छ । सेवा केन्द्रहरुको अभावमा कृषि क्षेत्रलाई विकास गर्ने सोच यदि राख्ने हो भने त्यसले भोलीका दिनमा नेपाली कृषि क्षेत्र धरासायी हुने सम्भावना बढ्दै गईरहेको छ । कृषि क्षेत्रलाई धरासायी हुनबाट बचाउनका लागि पनि कृषि सेवा केन्द्रहरु बढाउनु पर्ने देखिन्छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २९, २०७१