बिहिबार, बैशाख २०, २०८१

सरकारी सवारी दुरुपयोग रोक्न सचिवको आग्रह

jayamukunda khanal final

काठमाडौं,३० चैत्र । कृषि विकासको प्रयोजनका लागि ल्याएका सरकार मातहत रहेको सरकारी सवारी साधनहरु चाहेर वा नचाहेर दुरुपयोग भईरहेकाले त्यस्तो दुरुपयोग रोक्न सवैपक्षसँग कृषि सचिव जयमुकुन्द खनालले आग्रह गर्नु भएको छ । कृषि क्षेत्रको व्यवसायिकरण गर्नका लागि व्यवसायिक कृषि तथा व्यापार आयोजनाले कृषि बिभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका कार्यालयलाई उपलब्ध गराएको सवारी साधनको साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव जयमुकुन्द खनालले सो कुरा बताउनु भएको हो । नेपाली कृषि क्षेत्रले पछिल्लो समयमा व्यवसायिकरणतिर लम्किरहेको अवस्थाका कृषि क्षेत्रमा भएका सवै गतिविधिहरु पारदर्शि रुपमा सञ्चालन गर्न समेत सचिव खनालले मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको कार्यालयलाई ५ वटा, कृषि तथा पशु सेवा विभाग मातहतका कार्यालयलाई ४ वटा, प्याक्ट क्षेत्रिय कार्यालयहरुलाई ५ वटा सवारी साधनको साँचो सम्वन्धित कार्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले आयोजनाले वितरण गरेका सवारी साधनहरुको सहि सदुपयोग हुनेमा विश्वास व्यक्तगर्दै जुन प्रयोजनका लागि सवारी उपलब्ध गराइएको हो सोही प्रयोजनमा प्रयोग गरिदिन आग्रह समेत गर्नु भयो । आयोजनाले उपलब्ध गराएको सवारी साधनको साँचो हस्तान्तरण कार्यक्रममा कृषि विभागका निमित्त महानिर्देशक सुरेशबाबु तिवारीले अनुदानका रुपमा उपलब्ध भएका सवारी साधनहरु सम्वन्धित कार्यका लागि नै उपयोग गरिने कुरामा विभाग प्रतिवद्ध रहेको बताउनु भयो । सो सवारी साधन प्राप्त पछि कृषिको व्यवसायिरणका लागि आफूहरुलाई अझ सहज भएकोले बोट विरुवाको रोग नियन्त्रण गर्न र डब्लु टिओको सिद्धान्त अनुरुप अगाडि बढ्न आफूहरु तयार रहेको वरिष्ठ बाली संरक्षण अधिकृत सवनम सिवाकोटीले बताउनु भयो ।

प्रकाशित मिति: आइतवार, चैत्र ३०, २०७०