शुक्रबार, जेष्ठ ४, २०८१

सचिवद्वयद्वारा विभिन्न कृषि फार्मको उद्घाटन व्यवसायिक कृषिबाट नै मुलुक समृद्ध हुने

mainnewsकाठमाडौं । उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार आयोजनाले दोलखा जिल्लाका विभिन्न स्थानमा  सञ्चालनमा ल्याएको उपआयोजनाहरुको कृषि फार्महरुको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा र कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले संयुक्त रुपमा उद्घाटन गर्दै नेपालको कृषि क्षेत्रलाई व्यवसायिक नगरेसम्म मुलुकको विकास नहुने बताएका छन् ।
कृषि फार्महरु उद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले भारतको लखनउबाट १६ अर्व भन्दा बढीको खसी बोका हरेक बर्ष भित्रिने गरेको समेत खुलास गरे । उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार आयोजनाले दोलखा जिल्लामा व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुलाई अनुदान प्रदान गरेका मध्ये दोलखाको भेड्पु गाविस,८ मा रहेको साम्दुलिङ्ग कृषि तथा पशुपालन फार्मको औपचारिक रुपमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । लामो समय दक्षिण अफ्रिका बसेर नेपाल फर्किएका अशोक घिसिङ्गले ५० लाख लगानीमा शुरुवात गरेको सो बाख्रा पालनको हिमाली आयोजना अंकित ट्याग बाख्रामा लगाएर कार्यक्रम उद्घाटन  समेत गरे । सो कार्यक्रम बोल्दै सचिव वास्कोटाले दोलखा जिल्लाका किसानहरुलाई हिमाली आयोजनाले धेरै नै सहयोग पु¥याएकोले किसानहरुले हिमाली आयोजना लगायतका कृषि आयोजनाहरुबाट अनुदान प्राप्त गर्न सकिने भएकाले जिल्ला पशु कार्यालय, जिल्ला कृषि कार्यालयबाट जानकारी लिएर व्यवसायिक रुपमा पशुपालन गर्न किसानहरुलाई आग्रह समेत गरे । भ्रमणका अवसरमा दोलखाका किसानहरुस“ग अन्र्तक्रिया गर्दै बास्कोटाले किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको लागत मूल्य नै नपाउने गरेको गुनासो प्रशस्त आएको भन्दै किसानहरुले उचित समयमा आफूले उत्पादन गरेका कृषि उपज विक्री गरेर मनग्ये आर्जन गर्नु पर्ने समेत बताए ।
बेरोजगारीका कारण कतिपय युवाहरु खाडीमा दुख पाईरहेकाले नेपालमा नै बसेर पशुपालन गरी लाखौं रुपैया“ आम्दानी गर्न सकिने भएकोले युवाहरुलाई पशुपालनमा आकर्षण गर्न सरकारले विभिन्न खालका कार्यक्रमहरु अगाडि  ल्याएकोले सरकारले ल्याएको अनुदानका कार्यक्रममा सम्पूर्ण किसानहरुले सहभागी हुनु पर्ने समेत बताए ।
मुलुकमा व्यवसायिक बाख्रा पालन गर्न सकिए विदेशिएको रकम रोक्न सकिने र त्यसका लागि युवाहरुले नै सक्रियता बढाउनु पर्ने धारणा राखेको थिए ।
हिमाली आयोजनाले सञ्चालन गरेको उपआयोजनाहरु मध्ये हाते कागत उत्पादन, बंगुर पालन, बाख्रा पालन, किवी खेती लगायतका कृषि फार्महरुको उद्घाटन एवं निरिक्षणका क्रममा कृषि विकास मन्त्रालयमा सचिव जयमुकुन्द खनालले कृषि विकास मन्त्रालयले किसानहरुलाई निर्वाहमुखि कृषिबाट व्यवसायिक कृषितिर आकर्षण गर्नका लागि पनि हिमाली आयोजनाले अनुदान सहितका कार्यक्रमहरु अगाडि ल्याएको बताए ।
सचिव खनालले नेपालको आर्थिक मेरुदण्डको एउटा हिस्सा बोकेको कृषि क्षेत्र भर्खरै व्यवसायिकतातिर अगाडि बढिरहेको बता“दै परम्परागत कृषि धानिरहेका किसानहरुलाई व्यवसायिक कृषक बनाउनका लागि पनि मन्त्रालयले दातृ निकायहरुको सहयोगमा किसानहरुलाई अनुदान उपलब्ध गराउ“दै आएको बताए । किसानहरुस“गको अन्र्तक्रिया कार्यक्रममा कृषि बीमाले कृषकहरुलाई सुरक्षित बनाउने भएकाले आफूले उत्पादन गर्न लागेको बालीहरुको बीमा गर्न आग्रह गर्दै सचिव खनालले परम्परागत वा व्यवसायिक रुपमा पशुपालन गरिरहनु भएका कृषि उपज उत्पादनमा लागिरहनु भएका किसानहरुलाई आफ्नो व्यवसायलाई सुरक्षित गर्न बाली तथा पशु बीमा गर्नु अनिवार्य भएको भन्दै बीमाको प्रिमियमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने भएकाले बीमा गर्न नछुटाउन अनुरोध समेत गरे । कार्यक्रममा पशु सेवा विभागमा महानिर्देशक नरबहादुर रजवार, हिमाली आयोजनाका आयोजना निर्देशक डा. अमर शाह, राष्ट्रिय मत्स्य कार्यक्रम निर्देशक रमानन्द मिश्र,पशु उत्पादन निर्देशनालायका निर्देशक डा. दिनेश पराजुली लगायतले नेपालमा बाख्रा पालनप्रति बढ्दै गईरहेको आकर्षणका बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । हिमाली आयोजना दोलखा, सोलुखुम्वु, संखुवासभा, रसुवा,मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, जुम्ला,मुगु र हुम्ला सञ्चालन भईरहेको छ । -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, चैत्र ३०, २०७०