बुधबार, बैशाख १९, २०८१

पशु तथा कृषि बिमा बजेट युवा लक्षित कार्यक्रममा

काठमाडौँ, २६ चैत । सरकारले ल्याएको पशु तथा कृषि बिमा कार्यक्रम प्रभावकारी हुन नसक्दा विनियोजित बजेट युवा लक्षित कार्यक्रमका लागि प्रयोग हुने भएको छ ।
विसं २०६९ माघ १ गतेबाट सुरु भएको कार्यक्रम प्रयोग हुन नसकेपछि विनियोजित रकम प्रीज हुनबाट जोगाउन युवालाई लक्षित गरी विभिन्न सीप तथा तालिमका लागि प्रयोग गर्न थालेको कृषि मन्त्रालयले जनाएको छ ।
बिमाका बारेमा कृर्षकलाई जानकारी हुन नसकेपछि सो कार्यक्रम प्रभावकारी हुन नसकेको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलको बताउनुभयो ।
रोग, कीरा र प्राकृतिक प्रकोपले कृषक तथा पशुपालकको लगानी गुम्नबाट राहत दिन चालु आर्थिक वर्षको बजेटमार्फत रु १३ करोड लक्षित कार्यक्रमका लागि छुट्याइएको थियो ।
बिमा कम्पनीले बाली लगाउँदा बिमा गर्ने कि ? उत्पादित वस्तुको बिमा गर्ने ? भन्ने बारेमा स्पष्ट हुन नसक्दा कार्यक्रम असफल भएको मन्त्रालयका कर्मचारीको भनाइ छ ।
मन्त्रालयका अन्ुसार कृषि बिमाका लागि विनियोजन रकममध्ये अहिलेसम्म १० प्रतिशत मात्र खर्च भएको छ ।  बाँकी रहेको रु १२ करोड ५० लाख युवा रोजगारका लागि खर्च गर्ने विषयमा छलफल भइरहेको लुईंटेलले बताउनुभयो । उहाँका अनुसार जतिसक्यो चाँडो युवा लक्षित कार्यक्रममा प्रयोग गरिने भएको हो ।  कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७०