शुक्रबार, बैशाख १४, २०८१

काभ्रेमा अनुदानको मकैको बीउ वितरण

seed of cornबनेपा, २२ चैत । काभ्रेका कृषकलाई अनुदानमा उन्नत जातको मकैको बीउ वितरण गरिएको छ । उनीहरुलाई कृषि विकास कार्यालय काभ्रेले वर्गीकरण गरेर ५० र ७५ प्रतिशत अनुदानमा रामपुर कम्पोजिट, देउती, मनकामना ३ र गणेश जातका मकैको बीउ वितरण गरेकोे कृषि विकास कार्यालय काभ्रेका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो ।
हाइब्रीड जातका बीउमा समस्या देखिएपछि हामीले त्यस्ता बीउ वितरण नगर्ने निर्णय ग¥याँै– अधिकृत जिसीले भन्नुभयो, “उहाँका अनुसार काभ्रेको चलालगणेस्थान, ढुङ्खर्क, उग्रचण्डीनाला, दाप्चा क्षेत्र, तिमाल क्षेत्र, महाभारत डाँडापारी र कोसी नदीपारिका गाविसलगायत तीन नगरपालिकामा मकैको बीउ वितरण भएको छ । “दुर्गम गाविसका लागि ७५ प्रतिशत र सुगम गाविसका लागि ५० प्रतिशत अनुदान कृषकलाई दिएका छौँ”–अधिकृत जिसीले भन्नुभयो ।
कृषकलाई प्रतिरोपनी एक किलोग्रामदेखि २० रोपनीका लागि २५ किलोग्रामसम्म मकैको बीउ वितरण भएको उल्लेख गर्दै उहाँले अहिलेसम्म १७ टन मकैको बीउ वितरण भएको बताउनुभयो । काभ्रेको हावापानीमा सबैभन्दा बढी देउती जातको मकैको बीउ सुहाउँदो देखिएको छ, अधिकृत जिसीको भनाइ छ । झन्डै तीन सातादेखि वितरण भएको सो मकैको बीउ २८ टन वितरण गर्ने लक्ष्य रहेको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ टन मकैको बीउ बढिरहेको छ । मध्यपहाडी क्षेत्रको प्रमुख बाली मानिने मकैखेती काभ्रेमा मात्रै कुल खेतीयोग्य जमिनको २५ हेक्टर क्षेत्रफलमा हुँदै आएको छ

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०