शुक्रबार, बैशाख ७, २०८१

कृषकको आयस्तर बढाउन सरकार क्रियाशील

चितवन, २२ चैत । कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषकको आयस्तर वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
चितवनमा आज भएको एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले उनीहरुको आयस्तरका लागि सरकारले विभिन्न सहयोगी कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले किसान आत्मनिर्भर भए देशको अर्थतन्त्रसमेत सबल हुने भन्दै कृषि पेसालाई व्यवसायीकरण गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कृषकलाई परिचयपत्र वितरण गर्ने सरकारी योजनासमेत रहेको बताउनुभयो । परिचयपत्रको आधारमा बैंकमा ऋण सहुलियत, ब्याजमा सहुलियतलगायतका कार्यक्रम ल्याउने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०