शनिबार, बैशाख २२, २०८१

दूधको मूल्य फेरि बढ्ने

MCB6183 A MILK NU

काभ्रे, १९ चैत । दूधको मूल्य बढेको महिनादिन पनि वित्न नपाउँदै फेरि दूधको मूल्य बढ्ने संकेत देखा परेको छ । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले कृषकहरुलाई लक्षित गरेर दुई महिनाभित्र प्रतिलिटर २ रुपैयाँ बढाउने बताएपछि उपभोक्ताहरु फेरि मारमा पर्ने सम्भावना बढेको हो । भर्खरै मात्र बढेको दूधको मूल्यका कारण नै उपभोक्ताहरु मारमा परेको गुनासो आईरहेका बेला मन्त्रीले फेरि मूल्य बृद्धि गर्ने भाषण ठोकेपछि उपभोक्ताहरु अलमल्ल परेका हुन् ।
मन्त्री पराजुलीले सरकारले कृषिको ४.७ प्रतिशत बजेटलाई वृद्धि गर्दै कृषकलाई प्रोत्साहन गर्न प्याकेज कार्यक्रमसमेत छिट्टै ल्याउन लागेको बताए पनि त्यो सम्भावन देखिएको छैन । आउँदो आर्थिक बर्षमा कृषिको बजेट बढ्ने भन्दा पनि घट्ने सम्भावना देखिएको छ ।
मन्त्री पराजुलीले कृषि क्षेत्रमा दिँदै आएको रु आठ अर्बको अनुदानलाई बढाएर रु १२ अर्ब बनाइने जानकारी दिँदै पशु कार्यालयमार्फत तीन महिनाभित्र उन्नत जातको घाँस, बीउबिजन र गोठ सुधारको कार्यक्रम पनि ल्याइने बताए पनि ४ अर्व कुन स्रोतबाट अनुदान दिने हो त्यो भने खुलस्त पार्नु भएको छैन ।
मन्त्री पराजुलीले कृषि क्षेत्र परम्परागत रुपमा मात्रै सञ्चालन भएको उल्लेख गर्दै कृषि उत्पादनमा सरकारको उपस्थिति गैर जिम्मेवार भएको धारणा व्यक्त गर्नुले आफ्नो आङ्गको धूलो आफैले उडाउने काम भएको छ भन्ने चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०