बिहिबार, बैशाख १३, २०८१

गरिबी निवारण कोषको ६० करोड बालुवामा पानी

Poverty-Allevation-Fund_j ogo

दार्चुला, १९ चैत । गरिवी निवारणको काम के होला ? सवैले सहजै भन्ने गर्दछन् गरिबी निवारण कोषले गरिव जनतालाई स्वआर्जनका लागि कृषि लगायतका स्थानीय स्रोत साधनको प्रयोग गरी गरिवीबाट मुक्त गराउने कार्य गर्दछ । तर गरिवी निवारणले उपलब्ध गराउँदै आईरहेको अनुदानहरु बालुवामा पानी हाले बराबर भएको छ । दार्चुला जिल्लामामात्र नौ वर्षमा रु ६० करोड २१ लाख २१ हजार ३७२ खर्च गरेको छ । त्यत्ति धेरै रकम कोषले खर्च गरेको भएता पनि त्यसको खासै असर परेको देखिँदैन । ६० करोड रुपैयाँ खर्च गरिएको देखिएपनि ती सवै राजनीतिक दलका नेता र उनका भ्रातृसंगठन निकट सामाजिक संस्थाहरुमा लगानी भएको देखिन्छ
त्यत्ति धेरै रकम गरिवी निवारण कोषले साँच्चै गरिवी निवारण गर्ने गरी नै स्थानीय स्रोत साधनको प्रयोग गरी खर्च गरिएको भए सायद दार्चुलाका किसानहरु यतिखेर व्यवसायिक कृषिमा आत्मनिर्भर भईसक्थे होला । तर त्यो हुन सकेन । गरिवका नाममा आएको रकम केवल कार्यशाला गोष्ठि, भ्रमण र भत्तामा नै सिमित भएका कारण दार्चुलाको विकास हुन सकेको छैन । दार्चुला जिल्लालाई कृषि उत्पादनका लागि एउटैमात्र पकेट क्षेत्र बनाउ नसकिएको भएपनि मुलुकले काँचुली फेर्दथ्यो होला । त्यसैले गरिवी निवारण कोष जस्तो सरकारी संस्थाले गर्ने गरेको खर्चको पारदर्शिता र कृषिको विकासका लागि खर्च गर्ने काममा दार्चुलाका नेताहरुले प्रयास गर्ने कुरामा शंका गर्न थालिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०