शुक्रबार, बैशाख १४, २०८१

तरकारी भारतबाट आयातमा कमी आउन सकेन–पुँजी पलायनको खतरा बढ्दै

जनकपुरधाम, २० चैत । धनुषा जिल्लामा तरकारीको व्यावसायिक खेतीको क्रम बढे पनि छिमेकी मुलुक भारतबाट तरकारीको आयात घट्न नसक्दा नेपाली अर्थतन्त्र पलायनको खतरा बढ्दै गएको छ । गत आर्थिक वर्ष २०६९÷०७० मा भिठ्ठामोड नाकाबाट रु ११ करोड ५५ लाख १२ हजार ३८७ मूल्य बराबरको ४७ लाख ५९ हजार ७०१ मेट्रिक टन हरियो तरकारी नेपाल आयात गरिएको थियो । यसबाहेक सो अवधिमा आलुमात्र रु २२ करोड सात लाख ३८ हजार ७३३ मूल्य बराबरको १५ हजार ६६ दशमलव ९५३ मेट्रिक टन आयात भएको थियो भने रु ११ करोड ७९ लाख ३५८ मूल्य बराबरको ३९ हजार ७७ दशमलव ४४८ मेट्रिक टन प्याज आयात गरिएको थियो ।
त्यस्तै सो नाकाबाट चालु आव २०७०÷०७१ को प्रथम चौमासिक अवधिमा पाँच हजार ११५ मेट्रिक टन हरियो तरकारी आयात भएको छ । जसमध्ये रु एक करोड ८५ लाख १९ हजार ३७० मूल्य बराबरको ९५१ दशमलव २१३ मेट्रिक टन प्याज आयात भएको छ भने रु १६ करोड २१ लाख २० हजार १९ मूल्य बराबरको नौ हजार १७३ दशमलव ६५२ मेट्रिक टन आलु आयात भएको प्लान्ट क्वारेन्टाइन चोकपोस्ट भिठ्ठामोडले जनाएको छ । यसैगरी चालु आवको दोस्रो चौमासिक अवधिमा भारतबाट भिठ्ठामोड नाका भएर रु चार करोड ९६ लाख ९३ हजार ४८८ मूल्य बराबरको एक हजार ५०५ दशमलव ८०९ मेट्रिक टन प्याज तथा रु १० करोड तीन लाख ७१ हजार १८० मूल्य बराबरको छ हजार ४९५ दशमलव ७९७ मेट्रिक टन आलु भित्रिएको छ भने रु दुई लाख २९ हजार ४३७ मूल्य बराबरको एक हजार २३८ दशमलव ९९४ मेट्रिक टन हरियो तरकारी भित्रिएको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७०