शुक्रबार, बैशाख १४, २०८१

जिल्लामा मकैको बीउको अभाव, काठमाडौंमा देउतीप्रति आकर्षण

seed of corn
काठमाडौँ, १९ चैत । यतिखेर पहाडी जिल्लाहरुका मकैको लगाउन किसानहरुलाई चटारो चलिरहेका बेला मकैको बीउ नपाएपछि किसानहरु चिन्तित हुन थालेका छन् । विगतमा आफ्नै घरमा मकैको बीउ तयार गर्दै आईरहेका किसानहरुलाई प्राय सवै कृषि विकास कार्यालय उन्नत जातको मकैको बीउ लगाउन आग्रह गरिरहेको बताएपनि मकैको बीउकोको अभाव किसानले खेपिरहेको देखिन्छ । सिन्धुली, रामेछाप, दोखला जिल्लामा यतिखेर उन्नत जातको मकैको बीउ अभाव देखिएको छ । मकैको मिसन कार्यक्रम भएको भएपनि ती जिल्लामा मकैको बीउको अभाव देखिनुले किसानहरु मर्कामा पर्ने बताएको छ ।
किसानहरुले मकैवालीलाई प्राथमिकताका साथ खेती नगर्नु र उत्पादित मकै वीउका लागि सुरक्षित भण्डारण गर्ने ठाउँको अभावले गर्दा पनि बीउको अभाव देखिएको बताइएको छ । यद्यपी काठमाडौं जिल्लामा पनि यतिखेर धमाधम मकै लगाउने चटारो देखिएको छ । काठमाडौं जिल्लामा किसानहरुले सवैभन्दा बढी देउती र मनकामना ३ जातको मकैको बीउ प्रयोग गरेको र आफूहरुले पनि त्यही नै सिफारिस गरेको जिल्ला कृषि विकास कार्यालय काठपमाडौंका प्रमुख शरदचन्द श्रेष्ठले कृषिअनलाईनलाई बताउनु भएको छ ।
विगतमा आफ्नै घरमा तयार गर्ने मकैको बीउबाट राम्रो उत्पादन नभएपनि कृषि विकास कार्यालयले सिफारिस गरेको देउती र मनकामना ३ प्रति किसानहरु आकर्षित भएको पनि श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०