शनिबार, बैशाख २२, २०८१

कृषि बीमाप्रति सचिव खनाल चिन्तित

jayamukund-khanal-300x250काठमाडौँ, १९ चैत । मुलुक कृषि प्रधान देश भएता पनि किसानको सुरक्षाका लागि काम नभईरहेको परिप्रेक्ष्यमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालको सक्रियतामा नेपालमा कृषि बीमाको शुरुवात भएको करीव चौध महिना वितिसक्दा पनि कृषि बीमाका लागि बीमा समितिले कार्यान्वयनमा कडाई गर्न नसक्दा बीमा कम्पनीहरुले कृषि बीमामा चासो देखाएका छैनन् ।
कृषि विकास मन्त्रालयले कृषि बीमा शुरु गरेपछि उत्साहित भएका किसानहरु आफ्नो कृषि उत्पादनको बीमाका लागि बीमा कम्पनीको ढोका ढोकामा धाउदा पनि बीमा कम्पनीहरुले बीमा गर्न हिच्किचाईरहेका छन् । सवारी साधन लगायतमा प्रशस्त बीमा गर्न तयार हुने बीमा कम्पनीहरुले किसानका कृषि उत्पादनमा बीमा गर्न नखोज्नु व्यवसायी कृषि तर्फ आकर्षित किसानहरुलाई कृषि क्षेत्रबाट पलायत बनाउन खोजिएको हो कि भन्ने गुनासो किसानहरुले गर्न थालेका छन् ।
कृषि बीमाले किसानहरुलाई ठूलो राहत हुने भन्दै हरेक जिल्लासम्म पुगेर किसानलाई सुरक्षित कृषि बीमाले मात्र बनाउने उद्घोष गर्दै आउनु भएको छ । सरकारले बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्दा पनि कृषि बीमाले सोच अनुरुपको सफलता हासिल गर्न नसकेपछि सचिव जयमुकुन्द खनाल चिन्तित देखिन थाल्नु भएको छ । बीमा कम्पनीहरुले कृषि बीमालाई उत्साहित नगर्दा भावी दिनमा नेपाली कृषि क्षेत्र संकटमा पर्ने सम्भावना बढ्दै गएका कारण बीमा कम्पनीले कृषि विकास मन्त्रालयले शुरुवात गरेको कृषि बीमा सोही गतिमा अगाडि बढाउन सक्नु अनिवार्य छ ।
कृषि बीमा गर्नका लागि बीमा कम्पनीहरुलाई बीमा समितिले सक्रिय तुल्याउन र निर्णय कार्यान्वयन गराउने कुरामा पहल नगर्दा किसानहरुले झण्झट बेहोर्नु परेको छ । किसानहरुलाई प्राय जसो बीमा कम्पनीले कृषि बीमा आफ्नो नीतिमा नभएको र गाह्रो भएकोले नगर्ने जवाफ समेत दिने गरेका छन् ।
कृषि बीमा ल्याउन प्रमुख भूमिका निर्वाह गर्नु भएका कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल बीमा कम्पनीहरुले किसानहरुप्रति जवाफदेहि नभएकोमा चिन्ता समेत व्यक्त गर्नु हुन्छ ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७०