शनिबार, बैशाख १५, २०८१

जलस्रोत र कृषि उत्पादनले व्यापार घाटा घटाउन सहयोग पु¥याउने

हेटौँडा, १४ चैत । भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले नेपालले भारतसँग व्यहोरिरहेको व्यापार घाटा घटाउन नेपालमा भएको जलस्रोत र कृषि उत्पादनले सहयोग पु¥याउने बताए । मकवानपुर उद्योग वाणिज्य सङ्घ र भारतीय महावाणिज्य दूतावासको संयुक्त आयोजनामा भएको नेपाल–भारत व्यावसायिक अन्तक्र्रिया तथा प्रदर्शनी, २०७० को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताए । नेपाल र भारतबीच हुने गरेको ५०० अर्बको व्यापारमा भारतबाट ४५० अर्बको सामान आयात गरिने तर भारतमा निर्यात भने ५० अर्बको मात्र भएकाले नेपालले घाटा व्यहोर्नुपरेको भन्दै उनले नेपालले विद्युत् र कृषि उत्पादनबाट बराबरीको व्यापार गर्नुपर्ने बताए । हालसम्मको अध्ययनले नेपालले तीन चार वर्षपछि भारतलाई विद्युत् बेच्न सक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १४, २०७०