शुक्रबार, बैशाख ७, २०८१

माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु

धुन्चे (रसुवा), १४ चैत । फलाखु खोलामा माछा मार्नेक्रममा करेन्ट लागेर हिजो एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा घोर्ले–५ निवासी ३२ वर्षीय मैते भनिने सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनले ११ हजार भोल्ट क्षमताको ग्रामीण विद्युत् लाइनबाट हुक लगाई फलाखु खोलाको दहमा माछा मार्ने क्रममा मृत्युभएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख अनुराग द्विवेदीले जानकारी दिनुभयो । – कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, चैत्र १४, २०७०