मङ्लबार, बैशाख २५, २०८१

पारा भेटेरीनरीको आठौ जिल्ला अधिबेशन सम्पन्न

ललितपुर । नेपाल पारा भेटेरीनरी एण्ड लाईभष्टक एशोसिएसन , ललितपुर जिल्ला कार्य समितिको आठौ जिल्ला अधिबेसन माघ २४ गते पशु पंक्षि बजार प्रबद्र्धन निर्देशनालयको सभा हलमा सम्मन्न भयो ।

अधिवेसनको उद्घाटन सत्रको अध्यक्षता सस्थाका अध्यक्ष श्री प्रेम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुखआथित्यथा ग्रहण एशोसिएसनका केन्द्रीय अध्यक्ष श्री पुर्ण बहादुर बुढाले गर्नु भएको थियो । उक्त कार्यक्रममा पशु सेवा विभागका उपमहानिर्देशक श्री उदयचन्द्र ठाकुर, निर्देशनालयका कार्यक्रम निर्देशक , शाखा प्रमुखहरु , विभीन्न कम्पनिका औषधि व्यवसायीहरु लगाएत संस्थामा आबद्ध करिब दुई सय जना पाराभेटेरीनरियन हरुको उत्साहपुर्ण उपस्थीति रहेको थियो । download
उक्त कार्यक्रममा शभकामना मन्तव्य दिनु हुदै पशु सेवा विभागका उच्च तहका अधिकारीहरुले नेपालको परिप्रेक्षमा पारा भेटेरीनेरी एशोसिएसनको भुभिका निकै महत्वपुर्ण रहेको र हाल सम्म यो संस्थाले पशुपालनको क्षेत्रमा निकै महत्वपुर्ण स्थान ओगटेको कुरा बताए साथ पाराभेटेनरीयन संस्थाको लागी आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा संस्थाका केन्द्रीय समितीका वक्ता हरुले संस्थाको औचित्य र भुमिकाको वारेमा प्रकास पार्दै मध्यम स्थरिय जनशक्ति विनाको पशुपालन को कल्पना समेत गर्न नसकिने कुरा बताए । साथै कार्यक्रमका प्रमुख अथिति तथा मुख्य व्यक्तित्व एवं संस्थाका केन्द्रीय अध्यक्ष श्री पुर्ण बहादुर बुढाले सातौ अधिवेशन बाट पाएको ५६ बुंदे म्यानडेट बमोजिम सस्थाले धेरै उपलक्धीहरु हासिल गरी सकेको र कति पए कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिदै संस्थाले हाल सम्म पटक पटक विभिन्न केन्द्रीय बैठक, सचिवालय बैठकहरु, क्षेत्रीय तथा उपत्यका स्तरिय भेला गर्दै संस्था र आबद्ध सदस्यको हितका संग संगै सबै भन्दा बढि कृषको गोठ गोठमा सम्म उनिहरुको हित र समग्र पशु पालन क्षेत्रकै बृदि र विकासको लागी महत्वपुर्ण कामहरु गरेको र नितिगत सुधार र परिमार्जनमा समेत सरकारलाई कृषक हरुको विकास र उत्थानका विषयम पटक पटक दवाव मुलक प्रयासहरु गरेको कुरा प्रट्याउनु भयो ।

उक्त कार्यक्रममा कृषकको गोठ गोठमा पुगेर सेवा पुराउने पाराभेटेरीनरियन तथा संस्थालाई आर्थीक रुपमा सहयोग गरि संस्थाको बृद्धि विकासमा सहयोग पुयाउनुहुुने विभिन्न व्यक्ति, संस्था, कम्पनि, एग्रोभेटहरुलाई सम्मान पत्र समेत दिईयो ।  -हेमराज बोहरा

प्रकाशित मिति: शनिबार, माघ २५, २०७०