शुक्रबार, बैशाख २१, २०८१

महानिर्देशकका लागि लिगलिगे दौड जारी कसले हात पार्ला बाजी ?

काठमाडौं । कृषि विभागको महानिर्देशक लीलारा पौड्यालले अवकाश प्राप्त गरेको एकसाता भन्दा बढी समय वितिसक्दा पनि कृषि विभागले अझैसम्म नयाँ महानिर्देशक पाउन सकेको छैन । कृषि विभागको महानिर्देशक नियुक्तीको समय नजिँकिदै गएपछि सो पद हात पार्न लिगलिगे दौडमा कृषि विभागका विभिन्न कार्यक्रम निर्देशकहरु नै बाजी पार्न दौडमा सरिक हुन थालेका छन्  । महानिर्देशक बन्नका लागि दौडमा सहभागीहरु मध्ये सिनियरका रुपमा आफूले महानिर्देशक पाउनु पर्ने अडानमा रहेकाहरुमा पश्चिमाञ्चलका निर्देशक धर्मदत्त बराल, पूर्वाञ्चलका निर्देशक सुरेश प्रसाद गौतम र कृषि सूचना तथा सञ्चार केन्द्रका ईश्वर प्रसाद रिजाल रहेका छन् भने । ती दिन वरिष्टताका आधारमा महानिर्देशक बन्न आतुर देखिएका छन् । तर कृषि विकास मन्त्रालयभित्र भने यही सरकारले महानिर्देशक नियुक्ती गर्ने वा नयाँ सरकार आएपछि महानिर्देशक नियुक्ती गर्ने कुरामा भने दोधारमा परेको जनाइएको छ ।  मन्त्रालय स्रोतका अनुसार महानिर्देशक बन्ने लिगलिगे दौडमा जो सुकै दौडिएको भएपनि वर्तमान सरकार कै पालामा महानिर्देशक नियुक्त नहुन सक्ने सम्भावना पनि बढ्दै गएको छ । यो सम्भावनाले वरिष्ठ भनिएका तीन जना भने हिस्स पर्ने भएका छन् ।
यी तीन बाहेक महानिर्देशक बन्ने दौडमा सरिक भएका मध्ये विभागका उपमहानिर्देश बीरेन्द्रबहादुर हमाल, बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा. सुरोज पोख्रेल र मध्यमाञ्चलका निर्देशक लेखनाथा न्यौपानेले पनि आफूलाई महानिर्देशकका रुपमा प्रस्तुत गरेका छन् । तर अन्य कतिपय भने महानिर्देशकका लागिल खुसुक्क राजनीतिक सहारालिन पुगेको पनि स्रोतका दावी छ । मन्त्रालयले भने राजनीतिक शक्ति केन्द्र धाउनेहरुलाई महानिर्देशक बनाउने संकेत दिएकाले लिलिगे दौडमा सहभागी मध्ये कसले बाजी मार्ला यसै भन्न सक्ने अवस्था देखिएको छैन । यद्यपी कृषि विभागको महानिर्देशकका लागि विभाग हाँक्न सक्ने स्वतन्त्र र दक्ष व्यक्रि छानिनु पर्ने ‘लविङ्ग’ पनि भईरहेको देखिन्छ । वरिष्ठताका आधारमा मात्र महानिर्देशक बनाउनु नहुने भन्दै केही व्यक्ति माथिल्ल्लो निकायमा हार गुहार गरिरहेका र आफू नै विभाग हाँक्न सक्ने भएकाले जुनिएर भएपनि आफैलाई पदभार सुम्पन्न शक्तिकेन्द्रको आर्शिवादको पर्खाइमा रहेको देखिन्छ ।-हिमा पौड्याल

प्रकाशित मिति: आइतवार, माघ १९, २०७०