शनिबार, बैशाख ८, २०८१

कालीमाटीमा तरकारी तथा फलफूल बेच्न प्रतिवन्धको तयारी

Dilliramकाठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा विक्रीका लागि ल्याएका फलफूल तथा तरकारीमा विषादी प्रयोग बढी भएको गुनासा आएपछि बाली संरक्षण निर्देशालयले रसायनिक विषादी प्रयोग भएका फलफूल तथा तरकारी विक्रीका लागि रोक लगाउने तयारी गरिरहेको जनाएको छ । फलफूल तथा तरकारीमा अत्यधिक विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा असरका संकेत देखिन थालेपछि निर्देशनालयले कालीमाटीमा विषादीयुक्त तरकारी विक्रीमा नै रोक लगाउन लागेको हो । बजारमा विक्रीका लागि ल्याईएका तरकारी तथा फलफूलमा खानेमात्रा भन्दा बढी विषादी प्रयोग भएको पाइएमा जसले विक्री गर्नका लागि ल्याएको छ सो व्यापारीलाई कालीमाटीमा फलफूल तथा तरकारी बजारमा बिषादी प्रयोग भएका उत्पादन विक्री गर्न प्रतिवन्ध लगाउन खोजेको निर्देशनालयले बताएको छ । निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माका अनुसार तरकारी बजारमा विक्रीका लागि ल्याएको फलफूल तथा तरकारीमा कति विषादी प्रयोग गरिएको छ जाँच गर्नका लागि लेब्रोटरी खडा गरेर व्यवसायी तथा व्यापारीलाई सचेत गराउने र सचेत गराउँदा पनि बढी विषादी प्रयोग भएको तरकारी तथा फलफूल विक्रीको प्रयास गरे प्रतिवन्ध लगाउनेसम्मका कार्वाही गर्ने बताए ।
पछिल्लो समयमा सरकारले प्रतिवन्ध गरेका विषादीहरु समेत प्रयोग भएको सुन्नमा आएकोले ती विषादी प्रयोग भएका तरकारी एवं फलफूलको प्रयोगले मानव शरीरमा क्यान्सर लगायत घातक रोग लाग्ने भएकाले काठमाडौंको मुख्य बजार कालीमाटी तरकारी बजारबाट बिषादी प्रयोग जाँचको शुरुवात गर्न खोजिएको र कालीमाटी पछि उपत्यकाका सवै तरकारी बजार बिषादी प्रयोग गरिएका तरकारी तथा फलफूल चेकजाँच गरी बेच्न प्रतिवन्ध लगाउने शर्माले बताए । विदेशबाट आयात गरिएका कडा खालका रसायनिक बिषादी प्रयोगबढी रहेको र रसायनि बिषादी प्रयोग न्यूनिकरण गरी ती विषादीहरु जुन देशबाट आयात गरिएका छन् त्यही देशमा पठाउने व्यवस्था गरिएको पनि शर्माले बताए । एग्रोभेटहरु मार्फत स्वीकृत प्राप्त बिषादीको विक्री हुने गरेको भएपनि केही एग्रोभेटहरुले बढी फाइदा लिनका लागि प्रतिवन्धित बिषादी विक्री गरिरहेको सुन्नमा आएकोले तत्काल विक्री रोक्न समेत कार्यक्रम निर्देशक डिल्लीराम शर्माले एग्रोभेटहरुलाई आग्रह गरेका छन् । त्यत्तिमात्र नभई खुल्ला सीमाका कारण भारतबाट आयात गरिएका प्रतिवन्धित एवं कडा खालका रसायनिक विषादी सिँधै किसानकै  पुगेर बेच्ने गरिएकोले त्यस्ता कार्यलाई निरुत्साहित गर्न र त्यस्तो देखिएका तत्काल कृषि कार्यालयहरुमा जानकारी गराई वा प्रहरीलाई खवर गर्न समेत एग्रोभेट तथा किसानहरुलाई शर्माले आग्रह गरेका छन् ।
एग्रोभेट सञ्चालकहरुलाई प्राविधिक तालिम दिने सोच आफूले तयार गरेको र किसानसँग प्रत्यक्ष सम्पर्क एग्रोभेट सञ्चालकहरुसँग हुने हुँदा रसायनिक बिषादी प्रयोग न्यूनिकरण गर्नका लागि एग्रोभेटहरुकै महत्वपूर्ण भूमिका रहने समेत शर्माले बताएका छन् । रसायनिक बिषादी प्रयोग न्यूनिकरण गर्नका बिषादी पञ्जिकरण तथा  व्यवस्थापन शाखाले आयोजना
गरेको विषादी संश्लेषक तथा छर्कने व्यवसायीहरुको समन्वयात्मक अन्र्तक्रिया कार्यक्रममा एग्रोभेट सञ्चालकहरुले समेत एकदुई एग्रोभेटले गल्ती गरेको छ भन्दैमा सम्पूर्ण एग्रोभेटहरुलाई मुछ्न नहुने बताएका थिए । पछिल्लो समयमा रातो रंगको रसायनक विषादी प्रयोग नगरी हरियो रंगको वा बानस्पतिक बिषादी प्रयोगमा जोड दिनका लागि एग्रोभेटहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको विषादी रजिष्टूार अच्चुतप्रसाद ढकालले बताए । सो कार्यक्रममा रसायनिक बिषादी प्रयोगका कारण देखा परेका समस्या र भविष्यमा आउने संकटका बारेमा ढकालले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । होटल रेष्टुरेष्टमा सवै भन्दा बढी रसायनिक बिषादी प्रयोग हुने गरेकोले त्यहीबाट बिषादी प्रयोग रोक्न माग समेत गरिएको थियो । मानव स्वास्थ्यमा प्रतिकूल असर देखापरेको आरोप पनि अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले लगाएका थिए । बाली संरक्षण निर्देशनालय बिषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाले गरेको अनुगमनका क्रममा दर्ता नभएका प्रतिवन्धित रसायनिक बिषादीहरु ५ प्रतिशत किसानसम्म पुगेको फेला परेको खुलासा समेत भएको छ । कडा खालका रसायनकि बिषादी प्रयोग किसानका कृषि उत्पादन स्थलबाट नै रोक लगाउनु पर्नेमा जोड दिएको छ । -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, माघ १९, २०७०