शनिबार, बैशाख १५, २०८१

अर्गानिक कफीले मनायो रजत महोत्सव

काठमाडौं,२९ मङ्सिर  । नेपालमा पहिलो पटक अर्गानिक कफी उत्पादन गरेको नेपाल अर्गानिक कफी प्रोडक्ट्ले आफ्नो स्थापनाको पच्चीस बर्ष पुगेको अवसरमा रजत महोत्सव सम्पन्न गरेको छ । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार चिरजिञ्जी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न रजत महोत्सवका अवसरमा नेपाल अर्गानिक कफी प्रोडक्टले समाजसेवी दिलशोभा श्रेष्ठलाई नगद १० हजार नगर र १० किलो अर्गानिक कफी सहित सम्मान समेत गरेको छ । sgws
कार्यक्रममा बोल्दै प्रमुख अथिति चिरञ्जिवी नेपालले नेपालको अर्गानिक कफीले विदेशीमुद्रा भित्र्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले अर्गानिक कफीको उत्पादन बढाउने तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले नेपाल अर्गानिक कफी प्रोडक्टलाई कफीको वयस्कका रुपमा पुगेको बताए । कफी उत्पादनमा लामो संघर्ष गरेका उक्त कफी उत्पादकहरुको सफलताको कामन गर्र्दै कार्कीले नेपालमा ५० हजार हेक्टर भन्दा बढी जमीनमा कफी उत्पादन गर्न सकिने उल्लेख समेत गरेका थिए । कृषिलाई व्यवसायिक बनाउनका लागि सरकार लागि परिरहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा अर्गानिक कफीको माग बढेको बताउँदै हिजो के भयो भन्दा पनि अवको मार्ग चित्र के हो हेर्नु पर्ने बताए ।

कार्यक्रममा चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक रमण पाठकले कफी क्षेत्रलाई आकर्षण गर्न आफूहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै कफी क्षेत्रको विकासका लागि बोर्ड अघि बढ्न तयार रहेको समेत बताए । कार्यक्रममा नेपाल अर्गानिक कफी प्रोडक्टसका संस्थापक ढकेश्वर घिमिरेले २५ बर्ष अगाडि कफी खेती गर्दा पाएको दुःख र समाजबाट पाएको उपेक्षालाई कोट्याउँदै वैदेशिक रोजगारीका लागि विदेश भौतारिने युवावर्गलाई यस क्षेत्रमा संलग्न गराउन राज्यले विशेष कार्य गर्नु पर्ने समेत बताए । घिमिरेले चिया तथा कफी विकास बोर्डमा हुने राजनीतिका कारण कफीमा ठूलो समस्या भएको उल्लेख गर्दै चियालाई जति कफीलाई प्राथमिकता नदिएको समेत गुनासो गरे । कार्यक्रम नेपाल कफी व्यवसायी महासंघ उपाध्यक्ष गोपी उपाध्यायले चियालाई पूर्व र कफीलाई पश्चिम क्षेत्र उत्कृष्ट भएको सरकारले नै घोषणा गरेको भएपनि चियालाई जस्तो कफीलाई ध्यान नदिनु दुर्भाग्य भएको बताए । कार्यक्रमम हाइल्याड कफीका कृष्णप्रसाद घिमिरे विगत २५ बर्षदेखि नेपाल अर्गानिक कफी प्रोडक्टसँग हातेमालो गर्दै आईरहेको बताउँदै सरकारले कफी उत्पादन बढाउन विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।
सो कार्यक्रममा कफी क्षेत्रमा विशिष्ट योगदान पु¥याउने अन्य व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतवार, मंसिर ३०, २०७०