शुक्रबार, बैशाख १४, २०८१

धान उत्पादनको लागत दोब्वर

तेह्रथुम २५, मंसिर । जिल्लामा यस वर्ष धानको उत्पादन बढेको छ । समयमा पानी परेकाले धानको उत्पादन बढेको हो । tree-in-rice-field

गत वर्षभन्दा धानको उत्पादन राम्रो भएकाले कृषकको अनुहारमा हाँसो छाएको छ । उत्पादन बढेसँगै कृषकले धानको मूल्य पनि बढाउन थालेका छन् । गत वर्ष प्रतिमुरी रु दुई हजारमा किनबेच भएको धान अहिले रु दुई हजार ४०० मा किनबेच भइरहेको छ । धानको उत्पादन बढे पनि अझै उचित मूल्य पाउन नसकेको किसानहरुको गुनासो छ ।
तर तीन वर्षयता धानको उत्पादन बढेकोले किसानहरु भने खुशी भएका छन् ।
धानखेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन बढे पनि खर्चको अनुपात झन्डै दोबर बनेको भएको छ । गत वर्ष २० हजार खर्चमा रोपिएको धान यस वर्ष ३० हजारभन्दा बढी खर्च भएको छ, मल र कामदार अभावले खर्च धान्न समस्या भएको किसानहरुको भनाई छ । काम गर्ने युवा जति विदेशतिर जान थालेपछि खेतीका काम अलपत्र हुन थालेका छन् । खेतीको समयमा मजदुर नपाउँदा धेरै खेतबारी बाँझै रहेका छन् ।”
कृषि विकास कार्यालयले भने गत वर्षको भन्दा १० प्रतिशतले धानको उत्पादन बढ्ने दाबी गरेको छ । गत वर्ष समय अनुकूल नभएकाले धानको उत्पादन घटे पनि यस वर्ष समय अनुकूल भएकाले उत्पादन बढ्ने सङ्केत देखिएको कृषि विकास कार्यालयका प्रसार अधिकृत सत्यदेव मण्डलले बताए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २५, २०७०