शनिबार, बैशाख ८, २०८१

नौ बर्षमा पनि बनेन कृषि सडक

काठमाडौं २६ मंसिर । नेपाली कृषि उत्पादनलाई बजारीकरण गर्नका लािग सवैभन्दा महत्वपूर्ण मानिएको कृषि सडकका नाममा बजेट विनियोजन गरिएको भएपनि ती krishilogoबजेटहरुको कार्यान्वयन भने हुन सकिरहेको देखिँदैन । काठमाडौँको दक्षिणभेगस्थित चाल्नाखेलको खहरेदेखि चम्पादेवी पाऊसम्म प्रस्तावित कृषि सडक निर्माण सुरु भएको नौ वर्षसम्म पनि पूरा नहुँदा कृषि सडकप्रति संम्वन्धित निकाय कति संवेदनशील छ भन्ने कुराको पुष्टि गर्दछ ।
बल्खु–दक्षिणकाली सडकखण्डको खहरेबाट चाल्नाखेल गाविसका वोसनलगायतका स्थानमा जाने कृषि सडकको अपरिहार्यता महसुस गरी स्थानीयबासीको पहलमा नौ वर्षअघि कृषि सडक निर्माणको योजना अघि सारिए पनि त्यसको सम्बन्धित निकायबाट चासो नहँुदा योजना अलपत्र परेको हो ।
राजधानी भित्रै रहेर पनि सडकका कारण विकासलगायतका क्षेत्रमा पछि परेका बोसन क्षेत्रका सर्वसाधारण अन्योलमा परेका छन् । सडकको अभावमा यातायात सेवा सञ्चालन हुन नसकेको बताउने त्यहाँका स्थानीयवासीहरू सडक निर्माण कार्य सम्पन्न गरेमा उत्पादित कृषिजन्य वस्तुले सहज बजार पाउने र सर्वसाधारणको आर्थिक समस्या पनि केही हदसम्म समाधान हुने बताउँछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७०