मङ्लबार, बैशाख १८, २०८१

गाई मारेर फालेको भन्दै सुदूरपश्चिम बन्द

धनगढी, पौष । केही दिन अगाडि दुई दर्जन गाई तथा गोरु मारेर जंगलमा मालिएको भन्दै आज सुदूरपश्चिम बन्द गरिएको छ । गाई मारेर फालिएको विषयमा पशुपन्छीसंग सम्वन्धित संघसंस्थाहरुले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन । daid-cowतर, राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपाल चितवन जिल्लाका अध्यक्ष कृष्णराज भण्डारीले भने सो घटनाले संस्थालाई दुखित तुल्याएको भन्दै व्यवसायिक रुपमा गाईपालन गर्नेहरु अत्यधिक घाटा पर्दै गईरहेका कारण यस्तो अवस्था आएको हुन सक्ने बताए ।
अत्यधित चर्को व्याज तिरेर व्यवसायिक पशुपालन गर्ने किसानहरु निरुत्साहित भएर यस्तो गरेको हुन सक्ने बताउंछन् । पशुपन्छी विकास मन्त्रालयले भने यसको आधिकारीक धारणा सार्वजनिक गरेको छैन । गाई गोरु मारेर फालेकै घटनाको विषयलाई राष्ट्रिय जनावरको निर्मत तरिकाले हत्या गरिएको विरोध तथा दोषीलाई कार्वाहीको माग गर्दै विभिन्न धार्मिक संस्थाले भने विरोध गरेका छन् । त्यही विरोध स्वरुप नै धार्मिक संस्थाहरुको अगुवाईमा सुदूरपश्चिम बन्द भएको हो । राष्ट्रिय मठमन्दिर समन्वय महासमिति, लक्ष्मीनारायण धाम धनगढी, गौसंरक्षण समिति, हिन्दू जागरण युवा संघ कैलाली,हिन्दू राष्ट्र संरक्षण संघर्ष समिति लगायका संस्थाहरुले संयुक्र रुपमा बन्द आयोजना गरेका हुन् ।

प्रकाशित मिति: आइतवार, पुस १०, २०७३