मङ्लबार, बैशाख १८, २०८१

कृषि विकास रणनीति अलपत्र, मन्त्री र महाशाखा प्रमुख विदेश घुम्न नै मस्त

काठमाडौं, माघ । नेपालको कृषि क्षेत्रलको विकास गर्नका लागि करोडौं रुपैयाँ लगानी गरेर तयार गरिएको कृषि विकास रणनीति सार्वजनिक भएको भएपनि त्यसलाई कार्यान्वयन गर्न तर्फ सम्वन्धित मन्त्रालय कृषि विकास मन्त्रालय कानमा तेल हालेर बसेको छ । लामो समयको पर्खाइमा ल्याएको कृषि विकास रणनीति कार्यान्वयन गर्ने कृषि विकास मन्त्रालयको नीति तथा बैदेशिक सहयोग समन्वय महाशाखामा रित्तो छ । कृषि विकास रणनीतिका बारेमा जानकारी लिन जो कोही पुगेपनि ‘हुंदैछ’ भन्ने उत्तर बाहेक केही पनि पाउन सकिंदैन ।
ठूलै तामझाम र सञ्चार माध्यममा चर्चाको शिखर बनाउन सफल भएको कृषि विकास रणनीति सार्वजनिक भएपछिका कामहरु के के भए भन्ने कुरामा धेरैले चासो समेत दिन छाडेका छन् । सो कार्यमा लागेका कृषि विज्ञहरु समेत कृषि विकास रणनीति अहिले नै ओझेलमा पर्न थालेको दावी गर्दछन् । ministry-of-agriculture
कृषि विकास रणनीति हेर्न महाशाखाका प्रमुख डा. सुरोज पोख्रेल विदेशका कार्यक्रममा भाग लिन नै व्यस्त छन् कसरी कार्यान्वयन हुन्छ एडिएस कृषि विकास मन्त्रालयका एक उच्च अधिकारीले कृषिलाई गुनासो गरे । डा. सुरोज पोख्रेल सो महाशाखामा आएपछि तीन पटक त विदेश नै गईसकेका छन् । उनी अलिहे पनि थाईल्याण्डमा घुमिरहेका छन् । एडिएसको के चिन्ता उनले रोष व्यक्त गरे ।
हुन पनि कृषि विकास रणनीतिका बारेमा धेरै बहश चलाउन खोज्ने कृषि विकास मन्त्री हरिवोल गजुरेल पनि अहिले कृषि विकास रणनीति कार्यान्वय गराउने तर्फ दत्तचित्त भएकोदेखिदैन् । मन्त्री स्वयं नै कहिले अहिले विदेश शयरमा नै व्यस्त देखिन्छन् । कृषि विकास मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखामा गएर हेर्ने हो भने महाशाखा प्रमुखलाई भेट्न मुश्किल पर्दछ । सो शाखाका एक कर्मचारीले भने मन्त्री र सहसचिवज्यूको ‘टुयूनिङ्ग’ राम्रै मिलेका जस्तो छ, दुवैजना विदेश भ्रमणमा लर्को नै लागेको छ । केही दिन अगाडि मात्र मन्त्री र महाशाखा प्रमुख जर्मन पुगेर आएका थिए । त्यस अघि पनि दुवै जना रोम पुगेका थिए । अहिले फेरि सहसचिव पोख्रेल थाईल्याण्ड पुगिसकेका छन् भने मन्त्री गजुरेल पनि अर्को साता विदेश जाने तयारीमा जुटेका छन् ।
कृषि विकास मन्त्रालयको विदेश जाने लर्को हेर्ने हो भने बार्षिक २ सय जनाभन्दा बढी व्यक्ति विदेश भ्रमणमा गएको तथ्यांक देखिन्छ । विदेश भ्रमणमा जानुको अर्थ भनेको त्यहां प्रयोग भएका कृषि उत्पादन र उत्पादकत्व बृद्धिका लागि प्रयोग भएका प्रविधि नेपालका पनि विस्तार गर्न सकियोस् भन्ने हो तर भने विभिन्न महाशाखाका प्रमुख, सचिव एवं मन्त्रीको विदेश भ्रमणको तालिका हेर्ने हो भने नेपालको कृषि धेरै अगाडि बढिसक्नु पर्ने थियो । तर कृषि क्षेत्रको दुर्भाग्य त्यसो भएको देखिंदैन । योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: सोमवार, माघ ११, २०७२