शनिबार, बैशाख १५, २०८१

स्ट्रवेरी उत्पादनमा राज्यले जोड दिने

काठमाडौं, मंसिर । जापाजिन समूहको लगानीमा नुवोकोटको ककनीमा शुरु गरिएको आधुनिक स्ट्रबेरी फार्मको अवलोकन गर्ने पुगेकी कृषि राज्य मन्त्री राधिका तामाङले स्ट्रबेरीलाई नुवाकोटमा विशेष बालीका रुपमा प्रस्तुत गर्नका लागि आफू प्रतिवद्ध भएर लाग्ने बताएकी छिन् । stobery-news
पछिल्लो समयमा ककनीका स्थानीय किसानहरुको आय श्रोतको प्रमुख माध्यम बन्न प्रयासमा रहेको स्ट्रबेरीखेतीलाई विगतमा ध्यान दिन नसकेको भएपनि अवका दिनका कृषि विकास मन्त्रालयले यसलाई विशेष योजनाका साथ अगाडि बढाउने समेत बताइन् । नुवाकोटको ककनीलाई स्ट्रबेरी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा नै विकसित गर्न आफू लाग्ने समेत राज्यमन्त्री तामाङले बताईन् ।
विगतमा साधारण रुपमा स्ट्रबेरीको खेती स्थानीय किसानहरुले गर्दै आएको भएपनि जापानीज समूहले स्थानीय किसानहरुलाई आधुनिक प्रविधिबाट स्ट्रबेरी उत्पादन गर्ने सिप र ज्ञान उपलब्ध गराएपछि किसानहरुले आधुनिक प्रविधिबाट नै स्ट्रबेरी उत्पादन गर्न थालेका छन् । स्थानीय किसानहरुलाई जापानी लगानीको आवर्स फार्मले आधुनिक ग्रिन हाउस भित्र स्ट्रबेरी उत्पादन गर्न सिकाएको मात्र होइन ग्रिन हाउस समेत उपलब्ध गराउंदै आएको बताइएको छ ।
सलोम एग्रिकल्चर प्रालिको प्राविधिक सहयोगमा शुरु गरिएको सो स्ट्रबेरी फार्म नेपालकै नमूना फार्ममा रुपमा विकसित गर्नका लागि आफूहरु विगत दुइ बर्षदेखि सक्रिय भएर लागेको सलोम एग्रिकल्चरका श्रीकृष्ण अधिकारीले कृषिलाई बताए । १० बर्ष इयजरायल कृषि फार्ममा काम गरेर नेपाल फर्केका अधिकारीले लामो सयमदेखि थोंपा सिंचाई प्रविधिबाट कृषि उत्पादन गर्दा हुने फाइदाका बारेमा किसानहरुलाई जानकारी दिंदै आईरहेका छन् ।
नेपाली कृषि क्षेत्रमा इजरायली कृषि प्रविधि भित्र्याएर सोही प्रविधि विस्तारमा सक्रिय रुपमा लागेका अधिकारीले राज्यले थोरै मात्र चासो दिने हो भने व्यवसायिक रुपमा स्ट्रबेरी उत्पादनका लागि ककनी महत्वपूर्ण सम्भावना रहेको ठाउं भएको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७३